
कमल रावल, बैशाख ७ अछाम ।
मंगला नेरा मावि वलिगाउमा नव आगन्तुक शिक्षक, कर्मचारी र विद्यार्थीलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । काली आधारभुत विद्यालयबाट समायोजन भई आएका शिक्षक चन्द्र बोहरा, कार्यालय सहयोगी निरकला बोहरा तथा सिभिल इन्जिनियरिङ (९-१२) अन्तरगत कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक मीन बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भैरव सिह बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि अध्यक्ष बोहराले शिक्षक विद्यार्थीलाई स्वागत गर्दै शिक्षा क्षेत्र पवित्र थलो भएकाले आफ्नो कर्तव्य पालना गरेर अघि बढनुपर्ने बताउनु भयो । नव आगन्तुक विद्यार्थीका लागि शैक्षिक गुणस्तर र भौतिक रुपमा अभाव हुने छात्र र छात्राको आवासमा कुनै अभाव नहुने बताए ।

कार्यक्रममा अभिभावकको तर्फबाट भोजराज भाटले गाउमै आफ्नो छोराछोरीले प्राविधिक शिक्षा पढन पाएकाेमा खुशि व्यक्त गरे । स्वागतसगै आगामि दिनमा हरेक विद्यार्थीको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
विद्यार्थीको तर्फबाट बोल्दै छात्र कमल ओडले विकट क्षेत्र आफ्नो घर भएर गाउमै आफुले चाहेको शिक्षा पढन पाएको खुशि व्यक्त गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक धर्म बहादुर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सचालन प्राविधिक फाट ईन्चार्ज डम्बर बहादुर नेपालीले गर्नु भएको थियो ।
