

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेशको अध्यक्षमा सरस्वती रावल सहितको टिम निर्विरोध नयन भएको छ । ३ दिनसम्म धनगढीमा चलेको संगठनको प्रथम प्रदेश सम्मेलनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामारोशन गाउँपालिका अछामका पूर्व उपाध्यक्ष सरस्वती रावल सहितको टिमलाई निर्विरोध चयन गरेको हो ।
प्रदेश कमिटीको उपाध्यक्षमा उर्मिला चौधरी, सत्य देवी चिमाडी, मैना रावल, कमला चौधरी, सचीवमा कमला ज्ञवाली (श्रिपाली), सह-सचीव दुर्गा जोशी भट्ट, लिला कुवर, कोषाध्यक्ष गीता नेपालीलाई निर्विरोध चयन गरेको जनाईएको छ ।
संगठनको प्रदेश कमिटी १२९ सदस्यीय चयन गरिएको जनाईएको छ ।
