
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बोर्ड राखेको हो ।

अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले बिहिवार साँझ गेटामा स्वास्थ्य विश्व विद्यालयको बोड राखेका हुन् । उनीहरुले बिहिवार अत्तरिया बजारसमेत बन्द गरिएका थिए ।
संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो । बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे खुलेको थियो। अत्तरिया बजार बिहान खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बन्द गराएका थिए। बन्दकर्ताले बजार बन्द गराएपनि यातायात सञ्चालनमा थिए ।
संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आइरहेको छ । सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम गर्दै आएको छ । -dineshkhabar
