सामाजिक कार्य गरेर मनाय सुदिप कुवरले जन्मदिन

Samajik Bal biwaha

साफेबगर नगरपालिका वडा नं ३ गोठिपाटा अछाम निवासी सुदिप कुवरले आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाएका छन ।
जन्मदिनमा गरिने फजुल खर्च आफ्नत हरुलाई मासु रक्सी खुवाएर उनिहरुलाई मृत्यु को मुख मा पठाउनु भन्दा गरिब निमुखालाई सानो सहयोग गरेर खुशी बनाउनु उपयुक्त ठानेर सामाजिक कार्य गरेको उनले वताए ।

Mangalsen Mun Anurodh

आफू १७ वर्ष प्रवेश गरेको अवसरमा साफेबगर नगरपालिका वडा नं ३ गोठिपाटामा रहेको जनता आधारभुत बिद्यालय मा स्टेस्नरी सामान बितरण गरिएको छ । यस्तै साफे बगर नगरपालिका वडा नं १ मा रहेको माया सदन मा खाधान्य सहयोगगरिएको उनले बताए । विद्यालयमा रु. २ हजार १ सय  र माया सदनमा जम्मा ३ हजार ७ सय बराबरको सहयोग गरिएको कुवरकाे भनाइ छ ।

यस्तै जन्मदिनको अवसरमा बयालपाटा अस्पतालमा रक्तदान समेत गरेकाे कुवरले जानकारी दिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.