स्मृतिमा ललित भण्डारी “चर्चित”

Purnima Mobile
Kirci Gyan Kendra

-चन्द्र भण्डारीः
धोकाजस्तै लाग्ने चौबाटोमा उभिएर तपाईको कुर्बानी सम्झिदै ,तपाइले छोडेका चिनो निशानी रक्तिम पाइलाहरु पछ्याउदा पछ्याउँदै रगतको टीका लगाएर अगाडि बढिरहदा मानसिक रुपले अलि अलि गृष्मही खडेरीको जस्तै सामना गरेर अगाडि बडिरहे पनि भौतिक रुपले ठिक ठाकै छु । यश घडीमा तपाईं जहाँ हुनुहुन्छ श्रदाले शिर झुकाउदै तपाइको आत्माको चिर शान्तिको कामना गर्दछौ ।

Samajik New Add 2082

मन र बिचारले समाजरुपान्तरण देशको आमूल परिवर्तनको निम्ति आफ्नो ज्यानको बलिदान गर्ने महान सहिद ललित भण्डारी (चर्चित) प्रती हार्दिक सर्दासुमन सधै तपाइँको अभावले खटकिरहेको छु । जुन सपना अगाडि बढेर जानुभएको थियो र बाकी सपना पूरा गर्ने गन्तव्यको लक्ष्यमा सदैब रहिरहने छु ।

Mellekh RM1

मेरो दाइ तपाईं सहिदको पङ्तिमा उभिएको पनि आजको दिन ठयाक्कै १७ बर्ष पुगिसकेको रहेछ । आजको दिनलाइ मैले मेरो परिवारको कालो दिनको रुपमा लिएको छु । बुढा आमाबुवाको काख रित्तिएको दिन, श्रीमतीको शिन्दुर पुछिएको दिन, बहिनीको हातको सप्तरङ्गी टीका र माला घटेको दिन, भाइको सहारा र शाहस घटेको दिन, छोरीको बुबाको कर्तव्य सङ्गै जिम्मेवारी खोसिएको दिन, एउटा गाउले एकहोनहार सक्षम युवा गुमाएको दिन अनि देशले एक अदम्य साहस बोकेर अघि बढिरहेको एक कर्मठ युवा गुमाएको दिनलाइ कसरी बिर्सन सक्छु र मेरो दाइ …”चर्चित ”
तपाईं हामिसङ्गै परिवारमा नहुदाको पिडा र छट्पटीको गहिराइ अनि देशको लागि तपाइले गर्नुभएको बलिदानिको उचाइ मापन गर्न सकिने बिषय पनि होइन ।

Saud Agro Kailash

दु:ख लाग्छ आज सम्झिदा जुन आमूल परिवर्तनको निम्ति तपाइले आफ्नो ज्यानको प्रवाह नगरी देश परिवर्तनको खातिर आफ्नो ज्यानको बलिदान गर्नुभयो तर तेसै शहिदको रगतले परिवर्तन गरेको परिवर्तनमा उभेर जुन मुल्यांकन र सम्मान गर्नु पर्थ्यो पटकै छैन आजकाल त जहाँ हरेक ठाउमा पावर र पैसा अनि पहुँच हुनेखानेको मात्रै हालिमुहाली हुन्छ ।

बर्दियाको रम्बापुर आक्रमणमा तपाइको शाहदत भएको १९ दिनपछि जन्मिएकी छोरि चरित्रा भण्डारी पनि १७ बर्षको पुगिन ।कहिले कसो तपाइको फोटोसङ्ग साक्षात्कार गर्छिन ।अनि मलाइ नर्मस भएर सोध्छिन “अंकल मेरो बुवाको बारेमा कुरा गरौन है”भन्छ अनि मैले गहभरिका आशुलाइ लुकाउदै मनको भुकम्पलाइ सकिनसकी दबाउदै सबिस्तार भन्छु ।साथमा बुवा नहुदाको पीडा र अभावका वावजुत तपाइको देशभक्ती भावना र बलिदानी प्रती गर्व गर्छिन ।

हिजो सामन्तीशासन, वर्गसंघर्षको लागि अगाडि बढेको गरिब दुखी सानोतिनो सबैको पार्टी भनेर अगाडिको थियो तर आजकाल ठयाक्कै उल्टो छ । पैसा र पावरवालाको अनि झोलेको बिश्वास गरिन्छ निष्पक्ष रुपमा पार्टीको नीति निर्देशन र शिदान्तमा पार्टीमा लागेको मुल्यांकन हुदैन रहेछ । कपोकल्पित तथ्यहिन आरोप लगाइन्छ दु:ख लाग्छ अपमान गरेको आभास हुन्छ, शहिद परिवारको। भन्न त अझै भनिरहन्छन शहिदको सपना पूरा गर्छौ घाइते अपांग बेपत्ताको सहिद परिवारको सम्मान हुन्छ ,हरेक ठाउमा सहिद परिवार लाई प्राथमिकताका आधारमा हुन्छ भनेर तर त्यो शब्द र मन्चको भाषणमै सिमित रहन्छ । सहिद परिवारलाई खोज्दै सम्मान हुनुको साटो सहिद परिवार हौ भनेर जादा पनि वास्ता हुदैन आश्वासन मात्रै दिइन्छ मतलब कहिल्यै गरेको देखिदैन ।

चाकरी गर्ने,झोले हुने फटाइ गर्दै त्यो यस्तो, उ यस्तो,म यस्तो भनेर पछि पछि लाग्नेको मुल्यांकन हुने रहेछ तेस्तो गर्न सहिदको रगतले अनि शिदान्तले मान्दैन । अन्तमा एक शहिद परिवारको तर्फबाट यत्ती भन्छु -जसले रगतले इतिहास लेखे ति रातो तातो गोलि पिएर ढलेका जिउदा सहिद हुन ।
आज नभए भोलि महान सहिद जिउदो लाश सरि बाचिरहेका घाइते अपांग, बेपत्ता सहिद परिवार, घाइते, अपाङ्ग परिवार र सन्ततिको पक्षमा बोल्दै तपाइको सपना साकार पार्ने क्रान्तिको महा अभियानमा छौ यात्रामै रहिरहने छु ।
यश दु:खद घडिमा जसले सहिदको सपना पूरा गर्न हरेक खतरा मोल्ने र अघि बढने आट र शाहस गर्दैनन् ती मान्छेहरु गिद्दका आहारा बनुन ।

(चन्द्र भण्डारी सहिद ललित भण्डारी चर्चितका भाई तथा वाइसीएल नेपाल अछाम जिल्ला संयोजक हुन ।)

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.