मंगलसेन नगरपालिकाले “बीस वर्ष पछी, स्नातक जोडी” कार्यक्रम संचालन गर्ने

उच्च शिक्षा उतिर्ण दर बढाउने र वालबिवाह न्यूनीकरण गर्ने मुख्य उद्देश्य

Purnima Mobile
Kirci Gyan Kendra

अछाम जिल्लाको सदरमुकाममा अवस्थित मंगलसेन नगरपालिकाकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो  पूर्वाधार, आत्मनिर्भर मंगलसेनको वलियो आधार  भन्ने मुल नाराका साथ नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०।०८१ को नीत तथा कार्यक्रम यही असार ७ गते प्रस्तुत गरेको छ । उक्त नीति तथा कार्यक्रममा नगरपालिकाले “बीस वर्ष पछी स्नातक जोडी” कार्यक्रम संचालन गर्ने भनिएको छ ।  नगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको  पहिलो वैठकमा नगरप्रमुख श्री पदम बहादुर बोहराले प्रस्तुत गर्नभएको नीति तथा कार्यक्रमको ५४ नंम्बर बुदामा “बीस वर्ष पछी, स्नातक जोडी” कार्यक्रम संचालन गरने कुरा बताईएको छ । नगरपालिकाले “बीस वर्ष पछी, स्नातक जोडी” कार्यक्रम संचालन गरि उच्च शिक्षा उतिर्ण दर बढाउने र बालविवाह न्यूनीकरणलाई प्रोत्साहन गर्ने नीति लिने भएको छ ।

Samajik New Add 2082

Mellekh RM1
Saud Agro Kailash

मंगलसेन नगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख तथा मंगलसेन नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक संगिता कुमारी रावल द्वारा प्रस्तुत बजेट वक्तव्य समेत सो कुरा उल्लेख गरिएको छ । बजेट वक्तव्यका क्रममा उप प्रमुख रावलले उच्च शिक्षा उतिर्ण दर बढाउन र बालविवाह न्यूनीकरण गर्न “बीस वर्ष पछी स्नातक जोडी” कार्यक्रम संचालनको लागि रु ५ लाख वजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

२० वर्ष उम्मेर पुगेका र केटा/केटी दुवैले स्नातक तह उर्तिण गरि विवाह गर्दा नगरपालिकाले प्रोत्साहन तथा पुरुस्कृत गर्ने गरि यो कार्यक्रम संचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरका युवा युवतीले आफ्नो जोडि कम्तिमा स्नातक उर्तीण गरि विवाह गर्दा एकातिर उच्च शिक्षा उतीर्ण दरमा वृद्धी हुने तथा अर्कोतिर बालविवाह समेत न्यूनिकरण हुने भएकोले नगरपालिकाले यस्तो नीति लिएको नगर प्रमुख बोहराले बताउनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.