मंगलसेन नगरपालिकामा “सदाचार शिक्षा कार्यक्रम” सम्पन्न

Kirci Gyan Kendra

अछाम, १७ असारः

Samajik New Add 2082

सदाचार शिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाण्डौको आयोजनामा कार्यक्रम भएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सुशासन, पारदर्शीता र सदाचारका विषयमा छलफल तथा अनेतरक्रिया गरिएको थियो । साथै सार्वजनिक निकायमा सुशासनका सन्दर्भमा भएका असल अभ्याँस तथा समस्या र चुनौतिका विषयमा समेत प्रस्तुतीकरण सहित छलफल भएको थियो ।

Saud Agro Kailash

कार्यक्रममा प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदी र मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा विशिष्ट अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख संगिता कुमारी रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम कुमार तिमल्सेना लगातयका अतिथि रहनुभएको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव राजेन्द्र कुमार पौडेलले विषयवस्तु माथिको प्रस्तुतिकरण राख्नुभएको कार्यक्रमको संचालन मंगलसेन नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।

कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, वडा सचिव र अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

केही तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.