मंगलसेन नगरका ५ वटा सामुदायिक सिकाइ केन्द्रलाई २ दिने क्षमता विकास तालिम प्रदान

सिकाई केन्द्रको सक्रियताले मात्रै संस्थामा श्रोत बढाउन सकिनेः नगर प्रमुख बोहरा

Kirci Gyan Kendra

अछाम, १९ असारः

Samajik New Add 2082

मंगलसेन नगरपालिकाले सामुदायिक सिकाइ केन्द्रका लागि २ दिने क्षमता विकास तालिम प्रदान गरेको छ । सम्वन्धित वडाका वडा अध्यक्ष सहित सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष र सहजकर्तालाहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली IEMIS मा शैक्षिक तथ्यंक भर्ने तथा अद्यावधिक गर्ने, सिकाइ केन्द्र संचालन तथा व्यवस्थापन मापदण्ड, सिकाइ केन्द्रको संस्थागत विकास, अभिलेख व्यवस्थापन, डिजिटल डाटावेशको तयारी तथा अभिलेख व्यवस्थापन बारे जानकारी गराईएको थियो ।

Saud Agro Kailash

मंगलसेन नगरपालिका सामाजिक विकास समिति संयोजक बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रमकममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । नगरप्रमुख बोहराले सामुदायिक सिकाइ केन्द्रको विकासका लागि आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो । हाल संचालनमा रहेका सिकाइ केन्द्रले राम्रो गर्दै गएमा सबै वडामा विस्तार गर्न सकिने भन्दै उहाँले सिकाई केन्द्रको सक्रियताले मात्रै संस्थामा श्रोत बढाउन सकिने उल्लेख गर्नुभयो ।

यस्तै नगर उपप्रमुख संगिता रावल सोडारीले सिकाइ केन्द्रमा रहेको श्रोतको सदुपयोग गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याँउनुपर्नेमा जोड दिनुभयो । तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सिकाइ केन्द्रले धेरै ठुलो क्षेत्र समेट्न सक्ने बताउनुभयो । इच्छाशक्ति भएमा बजेटले नरोक्ने भएमा बजेटले नरोक्ने भन्दै उहाँले आगामी दिनमा के गर्न सकिन्छ अनुगमन गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

समापन कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडानम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, शिक्षा अधिकृत जगत बहादुर रावल र सहभागीको तर्फबाट भरत बहादुर सोडारीले मन्तव्य राख्नुभएको थियो । नगरपालिका भित्रका ५ वटा सिकाई केन्द्रका अध्यक्ष, सहजकर्ता र सम्वन्धित वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण प्रशिक्षक भिम जनालाले गर्नुभएको थियो भने संचालन शिक्षा शाखाका प्रा. स. दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.