काँग्रेस नेता साउँदद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस अछामका नेता टेक बहादुर साउँदले महाधिवेशन प्रतिनिधि पदका लागी उम्मेद्वारी घोषणा गरेका छन् ।

Samajik New Add 2082

नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागी नेता साउँदले उम्मेद्वारी घोषणा गरेका हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत साउँदले उम्मेद्वारी घोषणा गरेका छन् ।

काँग्रेसी मनहरूलाई जोड्न आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुत बनाइ सङ्गठनलाई सबल र सक्षम बनाउन केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेको नेता साउँदको भनाई छ ।

नेपाली काँग्रेस अछामको पूर्व जिल्ला सचिव समेत रहेका साउँद यस अघि २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेद्वार समेत बनेका थिए ।

-bannigadhitodya

Leave A Reply

Your email address will not be published.