सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक अभिमुखिकरण मंगलसेन १ मा सम्पन्न

केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाई हुनुपर्नेः वडा अध्यक्ष लोकराज नाथ

Kirci Gyan Kendra

सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक १ दिने अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिका १ को सुवाखाँदमा  सम्पन्न भएको छ ।  मालिका सामुदायिक सिकाई केन्द्र कुन्तिवण्डालीको आयोजनामा कार्यक्रम भएको हो ।

Samajik New Add 2082

वडामामा संचालित सामुदायिक सिकाई केन्द्रको उपयोगिताबारे जानकारी गराउँने, सिकाई केन्द्रको महत्व र यसबाट गर्न सकिने काम कार्यबाट समुदायलाई हुने फाईदा र परिमार्जित निर्देशिकाबारे प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा वडानम्वर १ का अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नाथले सिकाई केन्द्रलाई चलायमान र प्रभावकारी वनाउँन वडाको तर्फबाट सक्दो पहल गर्ने बताउँनुभयो । केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाईमा जोड दिईनुपर्ने भन्दै उहाँले सिकाई केन्द्रले सक्रियता बढाएमा श्रोतको लागि कमि नहुने उल्लेख गर्नुभयो ।

Saud Agro Kailash

कार्यक्रममा कार्यपालिका सदस्य हंश कुमारी थापा राना, वडा सदस्य गंगा थापा, चन्द्रकला जैगडी, नेपाली काँग्रेसका चन्द्र बहादुर जैगडी, नेकपा माओवादी केन्द्रका कमल बहादुर थापा, नेकपा एकिकृत समाजबादीका राम राज नाथ, नेपाल कम्युनिष्ट पार्टीका दिपेन्द्र जैगडी लगायतका अतिथि रहनुभएको थियो । अभिमुखिकरणमा समाजसेवी सरोकारवाला, विद्यालय, सहकारी, सामुदायीक वनका प्रतिनिधि, सिकाई केन्द्रका पदाधिकारी तथा आजिवन सदस्यहरु, महिला स्वास्थ्य स्वंसेविका लगायतको सहभागिता रहेको थियो ।

मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले सहजिकरण गर्नुभएको कार्यक्रममा सहभागीको तर्फबाट चन्द्र बहादुर जयगडी र दुर्गा नाथले शुभकामना तथा सुझाव मन्तव्य राख्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा सिकाई केन्द्रका सह सचिव लक्षीराम जैगडीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन गणेश बहादुर थापाले गर्नुभएको थियो ।

केहि तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.