नेपाल निजामती कर्मचारी संगठन अछामद्धारा बालबालिका हरुलाई स्टेशनरी सहयोग

Samajik Bal biwaha

१५ श्रावण, अछामः

नेपाल निजामती कर्मचारी संगठन अछामले मंगलसेन नगरपालिका वडा न ५ स्थित षोडशा माध्यामिक विद्यालय द्वारा संरक्षित बालबालिका हरुलाई स्टेशनरी सहयोग गेरेको छ । संगठनले विभिन्न पेशागत आन्दोलनका सहिदहरु मनोज जोशि, झपेन्द्र कार्की र सुरेन्द्र बिक को ३३ औं स्मृति दिवसको अवसरमा सहयोग हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा नेकपा एमाले अछामका सचिव भीम बहादुर रावल, जिल्ला कमिटी सदस्य तथा वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, स्वास्थ्य कर्मी महासंघ अछाम का अध्यक्ष चन्द्र प्रसाद ढुंगाना, नेपाल निजामती कर्मचारी संगठन अछामका सचीव सचिव झनक अधिकारी, सहसचिव दुर्गा जैशी र पौरख कुमार बोगटी लगायतको सहभागिता रहेको थियो ।

Mangalsen Mun Anurodh

पेशागत हकहितका लागि आफ्नो ज्यान त्याग गर्नुहुने महान अग्रजहरु प्रति श्रदान्जली अर्पण गर्दै सम्झना र सम्मान स्वरुप शैक्षिक सामग्री सहयोग गरिएको  नेपाल निजामती कर्मचारी संगठन अछामका अध्यक्ष बिष्णु प्रसाद जैशीले बताउनुभयो । संगठनले विगतका दिनहरुमा पनि यस्तै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।

संगठनको सहयोगमा १५ जना अनाथ तथा टुहुरा बालबालिका लाई सामग्री हस्तान्तरण गरिएको संगठनका सचिव झनक अधिकारीले जानकारी दिनुभयो ।

 

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.