संघीय शिक्षा ऐन संसदमा पठाउने सरकारको निर्णय

Samajik Bal biwaha

सरकारले संघीय शिक्षा ऐनको विधेयक संसदमा पठाउने निर्णय गरेको छ । आज साँझ बसेको क्याबिनेट बैठकले सो निर्णय गरेको हो ।

Mangalsen Mun Anurodh

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको क्याबिनेट बैठकले विधेयक संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गर्ने निर्णय पनि क्याबिनेट बैठकले गरेको छ । लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषयमा छलफल भएपनि कृषि मन्त्रालयले थप गृहकार्य गरेर प्रस्ताव पेश गरेपछि ठोस निर्णय गर्ने बताइएको छ ।

लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्तिबारे आजको क्याबिनेट बैठकमा एजेण्डा रहेपनि त्यसबारे निर्णय भए वा नभएको सम्बन्धमा कुनै जानकारी गराइएको छैन ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.