
अछाम, २६ श्रावण:
अछामको रामारोशन गाउँपालिकामा कार्यरत करार कर्मचारिहरुले तत्कालका लागी अन्दोल स्थगित गरेका छन् ।
खाइपाइ आएको पारिश्रमिक घटाएको भन्दै साउँन १९ गते बाट सुरुभएको आन्दोलन आजबाट स्थगित गरिएको हो ।
करार कर्मचारिहरुको तलव घटाउने निर्णय रद्ध गरिएको र आगामी दिनमा खाईपाई आएको तलव नघटाउँने गाउँपालिकाका सरकारबाट प्रतिवद्धता आएकाले तत्कालका लागी आन्दोल स्थगित गरि काममा फर्किने निर्णय गरिएको एकिकृत करार कर्मचारी संघर्ष समितीका संयोजक हिरेण्ड कुमार भण्डारीले जानकारि दिनुभएको छ ।

संघर्ष समितीले आज विज्ञप्ती मार्फत आजबाट करार कर्मचारी माथी भएको अन्यायका निम्ति गरिएका सम्पुर्ण संघर्षका कार्यक्रम स्थगित गरिएको जानकारी गराएको छ ।
साथै यो आन्दोलन लाई विज्ञाप्ती तथा अन्य माध्यम द्वारा सहयोग तथा समर्थन गर्नुहुने विभिन्न कर्मचारी संघ, संघठन, राजनीतिक दल, पत्रकार तथा अन्य सरोकारवाला र हाम्रो मागलाई गम्भिरता पुर्वक लिई श्रमजिवी कर्मचारीको पक्षमा निर्णय गर्नहुने गाउँपालिका सरकारलाई समेत धन्यवाद ज्ञापन गर्दछौ । भनेर विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।
यस्तै संर्घष समितीले गाउँपालिकाले तलव घटाउने निर्णय रद्ध गरेमा र फेरि आफुहरुको मागमा वेवास्था गरे फेरी आन्दोलनको कार्यक्रमलालाई निरन्तर्ता दिने चेतावनी समेत दिएको छ ।
यसभन्दा अघि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले करार कर्मचारिका विरुद्ध तलव घटाउने निर्णय नभएको भन्दै पन्छिन खोजेका थिए ।
