
डडेल्धुराः

डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महरको छतबाट लडेर मृत्यु भएको हो। बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।
घाइते महरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो । धनगढी ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । -dineshkhabar
