युवालाई कृषिमा जोड्न आवश्यक छः सरोकारवाला, वाक नेपालको सामाजिक लेखा परीक्षण सम्पन्न

Kirci Gyan Kendra

अछाम जिल्ला स्थित सरोकारवालले आगामी दिनमा संघ संस्थाका कार्यक्रम युवा मुखी हुनुपर्नेमा जोड दिएका छन । युवा विदेश पलायन हुने र गाउँको उर्वर कृषि जन्य जमीन बाझो रहने भएकाले यतिबेला सबैले सोच्नु पर्ने बाएका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

पहुँच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरले वाक नेपालले संञ्चालन गरेका हरेक कार्यक्रम नमुना योग्य रहेका बताउनु भएको छ । संस्थाले हरेक पालिका समेटिने गरि कार्यक्रम संञ्चालन गरेकाले समुदाय मुखी भएको बताए ।

प्रमुख अतिथीको आशनबाट बोल्दै प्रमुख कुवरले हरेक सामाजिक अभियान नमुना काम भएकाले हरेक कार्यक्रम एकत्रित पार्दै लैजान सुझाव दिए । समुदायका कार्यक्रम आयआर्जन सँगै रोजगारीसँग जोड्निे भएकाले हरेक समुदायका व्यक्तिले संस्थाको कार्यक्रमकलाई अपनत्व बहन गर्न आग्रह गर्नु भयो ।

वाक नेपालका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले वाक नेपालको सामाजिक कामले संस्थाको छुट्टै पहिचान र परिचय बनेको बताए । २०५४ सालमा स्थापना भएको संस्थासँग निरन्तर जोड्एिकाले हरेक समुदायमा जोड्एिका लाभान्वीत वर्गले प्रशंसा गरिरहेका बताए । आगामी दिनमा कार्यक्रमको कार्ययोजना बनाउदा युवालाई समेट्दै कृषिमा युवाको आकर्षण बढाउने कार्यक्रमलाई जोड्दिनु पर्ने बताउनु भयो ।

कार्यक्रम संञ्चालन पश्चात सामाजिक लेखा परिक्षण कार्यक्रम सम्बन्धी पारदर्शिता शन्देश, कार्यक्रमको गुणस्तर मानक र ईभेन्ट अडिट वाक नेपालका लेखा तथा प्रशासन शाखा प्रमुख हिमाल बुढाले प्रस्तुत गर्नु भएको कार्यक्रममा अध्यक्ष बल बहादुर केसीले प्रमुख अतिथी, बिशिष्ट अतिथी, अतिथी, लाभाग्राही, नागरिकको सुझाव, सल्लाह अनुसार कार्यक्रमहरु परिमार्जन गर्दै लैजाने बताउनु भयो । संस्थालाई जवाफदेही, पारदर्शि बनाउनका लागि थुप्रै कार्यक्रम अविलम्बन गरिरहेकाले प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले अछाम र डोटीलाई कार्यक्षेत्र बनाईरहेको संस्था मार्फत ८ वटा परियोजनाहरु कार्यान्वयनमा रहेका बताए । व्यवस्थापक जोशीले गत आबका मुख्य उपलब्धी, सिकाइ, राम्रा अभ्यास, कोषको विविधताको अवस्था, आर्थिक प्रगतिको अवस्थाको बारे प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गैसस महासंघ अछामका सचिव टेक बहादुर खड्का, पंञ्चदेवल विनायक नगरपालिका विपद जोखिम न्युनिकरण शाखा प्रमुख भरत अधिकारी, सेभ द चिल्ड्रेनका परियोजना प्रमुख प्रेम पुन, वल्र्ड भिजन ईन्टरनेशन नेपालका मेनुका मल्लले सुझाव सहितको मन्तव्य राख्नु भएको थियो । रेडियो मार्फत प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा लाभान्वित समुदायका व्यक्ति, अन्य स्रोताले टेलिफोन मार्फत जानकारी गराउदै वाक नेपाले समुदायमा स्रहानिय काम गरेकोमा प्रशंसा गरेका थिए ।

अझै आगामी दिनमा कार्यक्रमलाई निरन्तर दिन सुझाव दिएका थिए । वाक नेपालका पुर्व अध्यक्ष तथा वाक नेपाल कार्य समिती सदस्य मिन बहादुर कुवरले सामाजिक लेखा परिक्षणको उद्देश्य र स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण कमल रावलले गर्नु भएको हो ।

 

 

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.