प्रधानमन्त्रीको ७ दिने चीन भ्रमणको औपचारिक घोषणा, राष्ट्रपति सीसँग भेट्ने

Kirci Gyan Kendra

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ७ दिने चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले सेप्टेम्बर २३ देखि ३० सम्म चीनको औपचारिक भ्रमण गर्ने औपचारिक घोषणा गरेको हो ।

Samajik New Add 2082

प्रिमियर अफ द स्टेट काउन्सिल ली ली छ्याङको निमन्त्रणमा चीन जान लागेका प्रधानमन्त्रीले राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, शिक्षामन्त्री अशोक राई, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसहितको सरकारी टोली अमेरिकाबाट चीन भ्रमणमा जान लागेको हो ।

Saud Agro Kailash

दुई पक्षीय सम्बन्ध, हित, चासोका विषयमा राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री ली क्वाङसँग छलफल गर्नेछन् । प्रधानमन्त्रीले चीन नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यो सम्मेलनका चीनको सीसीपीआईटी र नेपालको एफएनसीसीलाई संयुक्त रूपमा गर्न लागेका हुन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड २३ सेप्टेम्बरमा शुरू हुने एसियन गेम्सको उद्घाटन कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । चीन भ्रमणमा रहँदा प्रधानमन्त्रीले औद्योगिक र कृषि क्षेत्रमा चीनले गरेको प्रगतिको पनि अवलोकन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणले परम्परागत सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने र दुवै देशका साझा हित हुने जनाएको छ । यूएनको महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री उतैबाट चीनका औपचारिक भ्रमणमा जान लागेका हुन् । -lokantar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.