अछाम, ५ असाेज:
युवा उद्यमीहरू बिच सिकाई आदानप्रदान तथा बजार प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।वाक नेपालद्वारा संचालित पावर परियाेजनाकाे आयाेजनामा कार्यक्रम भएको हाे ।
मंगलसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटीकाे अध्यक्षतामा भएको कार्यक्रममा वाक नेपाल पावर परियोजनाकाे कार्यक्षेत्र (वडानम्वर ३, ४, ५, ६ र ७) का युवा उद्यमीहरूकाे सिकाई अनुभव आदानप्रदान सहित अन्तरक्रिया गरिएको छ । विभिन्न वडाका युवा उद्यमीहरुले आफुले गरेको व्यवसायीक सफलता र आईपरेका समस्याको बारेमा एकआपसमा छलफल गरेका थिए ।
अन्तरक्रियाका क्रममा पावर परियाेजना मार्फत सन २०२२ देखि २०२३ सम्ममा जम्मा ८० जना उद्यमीहरू रहेकोमा ६७ जनाले निरन्तर उद्यम व्यवसाय गरिरहेकाे जानकारी गराईएकाे थियोे । परियाेजनाले वडानम्वर ३ मा ६ जना युवा उद्यमी तयार गरेकाेमा ५ जना सक्रिय रहेका, ४ मा १६ जना रहेकाेमा १५ जना सक्रिय रहेको, ५ नम्बर वडामा २४ जना उद्यमी रहेकाेमा १७ जना उद्यमीहरु व्यवसायीक रुपमा सक्रिय रहेका जनाईएकाे छ । यस्तै वडानम्वर ६ मा १९ जना उद्यमी रहेकाेमा १६ जना र वडानम्वर ७ मा १६ जना उद्यमी रहेकाेमा १४ जनाले व्यवसाय गरिरहेकाे पाईएकाे छ ।
परियाेजना मार्फत सबै ५ वटै वडामा जीवनउपयाेगी सीप विकास तालिम, उद्यमशिलता तालिम र व्यवसाय सुरु तथा सुधार तालिम प्रदान गरि युवाहरुलाई व्यवसायतर्फ अग्रसर गराएकाे छ । अन्तरक्रियामा सहभागी करिब ६० जना युवा उद्यमीहरुले व्यवसायीक सीप विकास र अन्य आवश्यक सहयोगका लागि मंगलसेन नगरपालिका र परियोजनासंग अनुराेध गरेका छन ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारी, वडानम्वर ४ का अध्यक्ष नामसिंह धामी, ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, ७ का अध्यक्ष राज बहादुर शाही, वडानम्वर ५ का कार्यवाहक अध्यक्ष सुरत बहादुर बिक, नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायत, संघसंस्था समन्वय शाखा प्रमुख हाेम साउद लगायतका अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण सेभ द चिल्ड्रेनका कार्यक्रम संयाेजक प्रेम पुन, वाक नेपाल पावर परियोजना संयाेजक महादेव ओझा र घरेलुु तथा साना उद्योग विकास कार्यालय अछामका उद्यम विकास सहजकर्ता चेतराज पनेरुले गर्नुभएको थियाे ।