नेपाली उपभाेक्ता संरक्षण महासंघ सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय

धनगढी ।

Samajik New Add 2082

नेपाली उपभोक्ताको बृहत हित र कालोबजारीका विरुद्धको अभियान “नेपाली उपभोक्ता संरक्षण महासंघ”(FNCP ) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न भएकाे छ । प्रदेशका नाैंवटै जिल्लाकाे प्रतिनिधि सहभागी सम्मेलनकाे सुदूरपश्चिम प्रदेश सरकारका उधाेग, पर्यटन, बन तथा बतावरणमन्त्री मानवहादुर धामीले एक समाराेहकाबीच शुक्रबार उद्घाटन गरेका हुन् ।
उद्घाटन समाराेहपछि सञ्चालन बन्दसत्रले यसअघि संयाेजक रहेका रामचन्द्र उपाध्यायलाई अध्यक्षमा चयन गरेकाे छ । महासंघकाे बरिष्ठ उपाध्यक्ष र महासचिव निर्वाचित समितिकाे बैठकले चयन गर्ने गरी उपाध्यक्षमा लक्ष्मी केसी र अर्काे उपाध्यक्षमा लक्ष्मण साउद यस्तै सचिवमा बलवहादुर साउद र काेषाध्यक्षमा अनुपा चाैधरी चयन भएका छन् ।
यस्तै महासंघकाे प्रदेश सदस्यमा लक्ष्मी रिमाल, दिनेश पाण्डे, गाेमा भट्टराई, सीता गिरी, काजल नाथ, देबराज उपाध्याय, कुम्भवहादुर कडायत, मन्जु सिंह, धनवहादुर चुदाराे, राधिका साउद, रामदत्त भट्ट, शाेभा रावल, जानकी रावल, अन्नकला राना, भवानी सिंह ऐर, मिलन विक रहेका छन् ।
यसअघि अधिवेशनकाे उद्घटन गर्दै मन्त्री धामीले मन्त्रालयकाे एक विशेष टीमले बजार अनुगमन गरिरहेकाे भन्दै कालाबजारी वा गुणस्तर कमसल बस्तु उपभाेग गर्नुपहिले जनता सचेत हुनुपर्ने बताए ।
उनले जनस्तरवाट उपभाेक्ता संरक्षण क्षेत्रमा स्वफुर्त लागेकाे तपाईहरु स्वतन्त्ररुपमा अगाडी बढे तीन तहकै सरकार तपाईसँग सहकार्य गर्न तयार रहने बिश्वास व्यक्त गरे ।
रामचन्द्र उपाध्यायकाे अध्यक्षतामा भएकाे उद्घाटन सत्रमा नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउद, नेपाल तालिम राेजगार व्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष लाेकवहादुर बाेहरा, वडा प्रहरी कार्यालय धनगढीका प्रमुख, पत्रकार बीरेन्द्र रावललगायतले सम्मेलन सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

 

-suduraawaj

Leave A Reply

Your email address will not be published.