मूल्य सूचीसहित सुदूरपश्चिमका ७ जिल्लामा खुले सहुलियत पसल

Kirci Gyan Kendra

धनगढीः नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले चाड पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आज (आइतबार)देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने गरी सुदूरपश्चिमका ७ जिल्लामा मुल्य सूचीसहित पसल सञ्चालनमा ल्याएको हो ।

Samajik New Add 2082

सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रति कीलोग्राम चामलमा ७ रुपैयाँ छुट पाउने खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् । ‘खाद्य तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘कम्पनीले बडादसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन गर्नेछ ।’ खाद्य तथा व्यापार कम्पनी मार्फत सरकारले यो वर्ष दुई किसिमको चामल सहुलियत मूल्यमा बिक्रीमा राखेको छ ।

Saud Agro Kailash

कम्पनीले अरुवा मोटा चामल प्रति किलोग्राम ४६ रुपैयाँमा बिक्री गर्ने छ । जबकी मोटा चामलको बजार मूल्य ५३ रुपैयाँ प्रति किलोग्राम छ । त्यस्तै, स्टिम जिरा मसिनो चामलको बजार मूल्य ९० रुपैयाँ प्रति किलोग्राम रहेकोमा खाद्य कम्पनीले ८३ रुपैयाँ प्रति किलोग्राम मूल्य तोकेको छ । यो वर्ष सहुलियत मूल्यको चामल बैतडी र डोटी बाहेकका जिल्लाका नागरिकले उपभोग गर्न पाउने छन् ।

बैतडी र डोटी जिल्ला रहेका डिपो र कार्यालयमा कर्मचारी नहुँदा कम्पनीले चामल बिक्री गर्न सुपथ मूल्य पसल चलाउन नसकेको बस्नेतले बताए। खाद्य तथा व्यापार कम्पनीले सुदूरपश्चिममा सहुलियत मूल्यमा पाँच हजार क्वीन्टल चामल बिक्री गर्न नेपाल सरकारबाट अनुदान पाएको छ । कम्पनीले अरुवा मोटा चामल दुई हजार क्वीन्टल र स्टिम जिरा मसिनो चामल तीन हजार क्वीन्टल बिक्री गर्नेछ ।

कम्पनीले बाजुरामा एक हजार दुई सय क्वीन्टल चामल बिक्री गर्नेछ भने बाँकी बैतडी र डोटी बाहेकका जिल्लामा सुपथ मूल्य पसलबाट पाँच सय क्वीन्टल चामल बिक्री गरिने कम्पनीले जनाएको छ । ‘पहाडी जिल्लामा व्यापारीको एकाधिकार नहोस् भनेर सुपथ मूल्य पसलले राहत पुगाएको हुन्छ ।

सहरी क्षेत्रमा भन्दा पहाडी जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणले सुपथ मूल्य पसलबाट राहत पाउने छन्,’ बस्नेतले भनिन् । चाडपर्वमा सर्वसाधारणले सहुलिय पाउन र बजारमा निजी कम्पनीको एकाधिकार नहोस् भनेर खाद्य तथा व्यापार कम्पनीले बर्सेनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । -dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.