माओवादी रूपान्तरण अभियान एक महिना थपियो

नेकपा (माओवादी केन्द्र)को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने पार्टी रूपान्तरण अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो ।

गत भदौ १६ गतेदेखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्‍ने निर्णय भएको पार्टी सचिव लीलामणि पोखरेलले ​बताए । घर घरमा माओवादी जन जनमा माओवादी’ भन्ने नाराका साथ शुरू भएको अभियान आगामी मङ्सिर १५ गते सक्ने निर्णय भएको थियो ।

अब अभियान पुस १५ गते सकिने भएको छ । पार्टी अभियान सकिएलगत्तै माघ वा फागुनमा विधान सम्मेलन गर्ने माओवादीले तयारी गरेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.