कालापानी र लिपुलेकमा समेत फिल्डमै गएर जनगणना गर्ने सरकारको तयारी

Kirci Gyan Kendra

काठमाडौं ।

Samajik New Add 2082
Saud Agro Kailash

भारतले सन् १९६२ पछि सेना नहटाई अतिक्रमण गरेर राखेको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा यस पटक जनगणना गर्ने भएको छ । तथ्याङ्क विभागले त्याहाँ फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको छ । यस अघि अघिल्लो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको भन्दै नक्सा समेत प्रकाशित गरेको थियो ।
सीमा विवादको मुख्य क्षेत्र रहेको सो ईलाकाका बिषयमा कुटनीतिक पहलका रुपमा सरकारले पत्राचार र वार्ताको लामो प्रयास गरेपनि त्यसमा भारतले सघन छलफल गर्न चाहेको थिएन ।

मंसीर ९ भित्र हुने जनगणनामा व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने तयारी भएको विभागका अधिकारीहरुले बताएका छन् । हाल सो क्षेत्रमा १ हजार जनसंख्या पुगेको अनुमान गरिएको छ ।

-mirmireonline

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.