कम्युनिष्टप्रति विश्वास बढाउन सिद्धान्त र व्यवहारको राम्रो तालमेल आवश्यक

Kirci Gyan Kendra

१९ कार्तिक काठमाडौं ।

Samajik New Add 2082

वामपन्थी पार्टीहरूको साझा फोरमका रूपमा अध्ययन, अध्यापन र अनुसन्धानको काम गर्दै आइरहेको मार्क्सवादी ज्ञान केन्द्रले ‘समाजवाद र वामपन्थी शक्तिहरूको कार्यभार’ विषयक अन्तरक्रियासहित आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न गरिएको अन्तरक्रियामा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडा, संविधानसभा सदस्य एवं नेकपा (एमाले) नेता कृष्णभक्त पोखरेल र नेकपाका पोलिटब्यूरो सदस्य सावित्रा दुराले सम्बोधन गरेका थिए ।

Saud Agro Kailash

सो अवसरमा नेता सापकोटाले वामपन्थी आन्दोलनका विगतका सीमाहरूको समीक्षा गर्दै सहकार्य र एकताका आधारहरू खोजी गर्नुपर्नेमा जोड दिए । ‘सिद्धान्त र व्यवहार बीच राम्रो तालमेल भए मात्र कम्युनिस्ट आन्दोलनप्रति जनविश्वास आर्जन गर्न सकिन्छ। विगतमा हामी सबैका गल्तीहरू भएका छन्, मात्राका हिसाबले कसैको बढी र कसैको कम होला, तर एकताबद्ध कम्युनिस्ट पार्टी विभाजित हुनुमा हामी सबै जिम्मेवार छौं। त्यसैले हामी कहाँ चुक्यौं, त्यसको समीक्षासहित सहकार्य र एकताको आधार खोज्नुपर्छ’ उनले भने। हिजै सम्पन्न बन्दसत्रमा केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले संस्थाको दिशानिर्देश, प्रगति समीक्षा र आगामी योजना, वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलले विधान, कार्यविधि, विनियम संशोधन प्रस्ताव र कोषाध्यक्ष सागर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले प्रस्तुत गरेको प्रतिवेदनमा समाजवादको वैचारिक आधार तयार पार्नु संस्थाको मूल लक्ष्य भएको उल्लेख गर्दै अध्ययन संस्कृतिको विकास गर्दै नयाँ पुस्तालाई वामपन्थी आन्दोलनमा आकर्षित गर्दै जनमत बिस्तार गर्नु प्रमुख उद्देश्य भएको उल्लेख छ । केन्द्रले यस वर्ष सात वटा भर्चुअल डिस्कोर्स, दुई चरणमा १२ दिने भर्चुअल कक्षा, प्रदेशस्तरमा सात वटा अन्तरक्रिया कार्यक्रम र ४० दिन लामो पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी विराटनगर, दमक, सर्लाही, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, जुम्लाको सिञ्जा, टिकापुर, ललितपुर र काठमाडौंमा गरी १३ वटा संस्कृति प्रवर्धन कार्यक्रम र रैथाने खाना महोत्सव सम्पन्न गरिएको छ। मार्क्सवादी ज्ञान केन्द्रले देशका सात वटै प्रदेशमा प्रदेश कमिटी, २५ वटा जिल्लामा शाखा कमिटी र बाँकी जिल्लामा समन्वय संयन्त्र बनाएर अध्ययन, अध्यापनको काम गरिएको तिमिल्सिनाको प्रतिवेदनमा उल्लेख छ । साथै पाँच वटा विभाग बनाएर केन्द्रीय कामहरू व्यवस्थित गरिएको संस्थाले जनाएको छ। केन्द्रले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, समाजवाद, इतिहास, विज्ञान तथा प्रविधि, नेपाल चिन्तन र बहुविधा साक्षरतालगायतका विषयमा अध्ययन र अनुसन्धानका लागि अनुसन्धान समूहहरू बनाएर काम गर्ने प्रतिवेदनमा उल्लेख छ । विगत चार वर्षदेखि एक हजार दुई सयभन्दा बढी भर्चुअल र भौतिक कार्यक्रम सम्पन्न गरेको केन्द्रले ६० लाखको अक्षयकोष खडा गरेकोसमेत जनाएको छ ।

सभाले अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा रहेको कमिटीलाई पूर्णता दिँदै उपमहासचिवमा हुमनाथ न्यौपाने, सचिवमा दुस्यान्त भट्टराई र सदस्यहरूमा सीता कडरिया र टीका ओलीलाई चयन गरेको छ। साधारणसभामा केन्द्रका सल्लाहकारहरू डा निमानन्द रिजाल, प्राडा शोभाकान्त लामिछाने, डा सुरेन्द्र गिरि, डा कृष्णराज अधिकारी, रमाकान्त सापकोटा, मणिरत्न श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.