सरकारले ३ वटा रंगशाला राष्ट्रिय गाैरबकाे आयाेजनाका रुपमा अघि बढाउने

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौं । सरकारले तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको छ ।

Mangala Bharna

मन्त्रीपरिषद्का बिहीबार बसेको बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको हो ।

Mellekh RM1
Saud Agro Kailash

राष्ट्रिय गौरवको आयोजनाको रुपमा परेपछि तीन वटा रंगशाला निर्माणमा पर्याप्त बजेटको ब्यवस्था हुनेछ भने सरकारको उच्च प्राथामिकतामा समेत पर्नेछ ।

नेपालको क्रिकेट टिमले अन्तराष्ट्रिय स्तरमा ठुलो सफलता हासिल गरेपछि सरकारले महत्वपुर्ण निर्णय गरेको हो ।

पूर्वाधार र सिमित स्रोत साधनमा खेलाडीहरुले अथक मेहनत गर्दै नेपाललाई टी ट्वान्टी विश्वकपसम्म पुर्याएका छन् ।

विश्वकप क्रिकेटमा नेपाल छनोट भैसकेपछि सरकारले ठोस कदमको रुपमा तीन रंगशालालाई समयमै निर्माण सम्पन्न गर्ने गरि अघि बढेको हो ।
 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.