श्रम अभियान अछामद्धारा मंगलसेन बसपार्कमा सरसफाई कार्यक्रम र शुभकामना आदानप्रदान

यो अभियान एक महाँन कार्य होः नगर प्रमुख बोहरा

Purnima Mobile
Kirci Gyan Kendra

अछाम, २५ कार्तिकः

Samajik New Add 2082

श्रम अभियान अछामद्धारा मंगलसेन बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम र शुभकामना आदानप्रदानगरेको छ । हरेक शनिबार सरसफाई कार्यक्रम गरिरहेको श्रम अभियानले ९ औं हप्ताको सरसफाई कार्यक्रम सम्पन्न गर्दै तिहारको शुभकामना आदानप्रदान गरिएको हो ।

Mellekh RM1

बसपार्क क्षेत्र सरसफाई पश्चात भएको शुभकामना आदानप्रदान कार्यक्रम श्रम अभियानका संयोजक राजेश बोगटीको अध्यक्षता र मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले बसपार्क क्षेत्रका स्थानीयले सुरु गरेको अभियान एक महाँन कार्य भएको बताउदै यस अभियानले सबैतिर सकारात्मक सन्देश दिने बताउनुभयो । यस कार्यले सामुहिक हित, सुरक्षा एकताको समेत सन्देश दिएको उहाँको भनाई छ । श्रम अभियानको रचनात्क कामप्रति खुसि व्यक्त गर्दै बोहराले आगामी दिनमा नगरबाट हुने सबैखालका सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडानम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, बसपार्क व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अम्मर बोगटी, मंगलसेन नगरपालिका आन्तरिक लेखापरिक्षण शाखा प्रमुख शालिमान साउद, मंगलसेन बजार व्यवस्थापन समिति अध्यक्ष गोपाल बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै श्रम अभियानको नियमित सरसफाई कार्यक्रममा सकारात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Saud Agro Kailash

सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा  वडानम्वर ३ का पूर्व अध्यक्ष पदमसिंह भाट,  श्रम अभियानका अभियन्ताहरु सहित रुपान्तरण बालक्लवका पल‍दाधिकारीहरु, स्थानीय व्यापारी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम पश्चात भएको शुभकामना आदानप्रदान कार्यक्रममा श्रम अभियानको उदेश्य तथा अभियानबारे जानकारी सहितको स्वागत मन्तव्य अभियानका सहसंयोजक शिव बोगटीले राख्नुभएको थियो भने संचालन श्रम अभियानका अभियन्ता होम साउदले गर्नुभएको थियो ।  श्रम अभियान र रुपान्तरण बालक्लवले हरेक शनिबार मंगलसेन बसपार्क क्षेत्र र बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरिरहेकोमा आगामी दिनमा मंगलसेनका अन्य सार्वजनिक स्थलहरुमा पनि कार्यक्रम गरिने जनाईएको छ ।

अभियानलाई विभिन्न सहयोग प्राप्तः

यसैविध श्रम अभियान अछामको लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग समेत प्राप्त भएको छ । जसमा मंगलसेन नगरपालिका ३ तथा वडा अध्यक्ष बिर्ख बहादुर बोगटीबाट १० थाप प्लाष्टिक कुर्चि, वडानम्वर १३ तथा वडा अध्यक्ष हिक्मत बहादुर बोगटीबाट साउण्ड सिस्टम (बुफर) र मंगलसेन नगरपालिका आन्तरिक लेखापरिक्षण शाखा प्रमुख शालिमान साउदबाट १० वटा सिन्की झाडु प्राप्त भएको अभियानका सहसंयोजक कर्ण बहादुर धामीले बताउनुभयो । यसअघि पनि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपट बहादुर साउदले रुपान्तरण बालक्लवलाई फुटबल उपलव्ध गराएको र क्लवका लागि छिट्टै ५० हजार बराबरको खेलकुद सामग्रीहरु उपलव्ध गराउँने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

बसपार्क क्षेत्रमा ५ जनाले सुरुवात गरेको श्रम अभियानको सरसफाई कार्यक्रममा सबै क्षेत्रबाट सकारात्मक सहयोग, समर्थन र सहभागीता बढ्दै जाँदा थप हौसला मिलिरहेको श्रम अभियानका अभियन्ताहरुले बताएका छन ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.