श्रम अभियान अछामको सरसफाई कार्यक्रम १० ‍औं हप्तामाः स्थानीयले निकै सकारात्मक कार्यक्रम गरिरहेको साँसद शाहको भनाई

Kirci Gyan Kendra

हरेक शनिबार नियमित रुपमा सार्वजनिक स्थल सरसफाई कार्यक्रम गरिरहेको श्रम अभियान अछामको १० औं हप्ताको कार्यक्रम शनिबार सम्पन्न भएको छ । मंगलसेन बसपार्क क्षेत्रका स्थानीयहरुले संचालन गरेको शनिबारिय सरसफाई अभियान अन्तरगत आयोजित सरसफाई कार्यक्रम १० औं हप्ता पुग्दा मंगलसेन बैरागीधारा र बैरागी चोकदेखी बसपार्क सम्म सरसफाई गरिएको हो ।

Samajik New Add 2082

अछाम क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाहको उपस्थितिमा श्रम अभियानका अभियन्ताहरु तथा रुपान्तरण बालक्लवका पदाधिकारीहरु सम्मिलित टोलिले सरसफाई गरेको हो । सरसफाई कार्यक्रम पश्चात बसपार्क क्षेत्रका स्थानीय तथा व्यापारी बुद्धिजीविहरुले साँसद शाहसंग अन्तरक्रिया समेत गरेका छन । अभियानका संयोजक राजेशबाबु बोगटीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै साँसद शाहले श्रम अभियानले संचालन गरेको यस महत्वपूर्ण कार्यक्रममा आफ्नो पूर्ण साथ सहयोग रहने बताउनुभयो । अभियानले सरसफाई संसंगै यस संग जोडिएका अन्य रचनात्मक क्रियाकलापहरु संचालन गर्दा थप प्रभावकारी हुने उहाँको सुझाव छ ।

Saud Agro Kailash

बसपार्क क्षेत्रको विकासका लागि कार्ययोजना सहित अघि बढ्न आग्रह गर्दै उहाँले बजेट व्यवस्थाका लागि आफु केन्द्रमा पहल गर्ने बताउनुभयो । मंगलसेन बजार र बसपार्क क्षेत्रलाई नेपाल सरकारको सघन सहरी योजना अन्तरगत अगाडी बढाउन सकिने भ‍न्दै साँसद शाहले स्थानीयले संचालन गरेको निकै सकारात्मक कार्यक्रममा नियमित सहभागिता जनाउँने समेत प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा अभियानका सह संयोजक शिव बोगटी र कर्ण बहादुर धामी तथा स्थानीय ब्यापारी मेम बहादुर तामाङले बसपार्क र आसपासको क्षेत्रको विकास तथा श्रम अभियानको सन्दर्भमा धारणा राखेका थिए भने मंगलसेन बजार व्यवस्थापन समिति अध्यक्ष गोपाल बोगटी, श्रम अभियानका अभियन्ता कमल थापा, छत्र बोगटी, भ्वान सिंह थापा, पूर्ण बुढा, भ्वान सिंह बोगटी, बसपार्कका संस्थापक अम्मर बोगटी लगायतका अतिथि रहनुभएको थियो । अन्तरक्रिय कार्यक्रमको संचालन श्रम अभियान अछामका   सचिव होम साउदले गर्नुभएको थियो ।

श्रम अभियान अछामले संविधान दिवस २०८० को अवसरमा असोज २ गते देखि हरेक शनिबार बिहान नियमित सार्वजनिक स्थल र बजार क्षेत्र सरसफाई गर्ने गरेको छ । यस अभियानमा हरेक शनिबार स्थानीय र सरोकारवालाको उत्साहजनक रुपमा सहभागिता रहने गरेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.