नेपालमा एक हजारभन्दा कममा कोरोना संक्रमण पुष्टी

नेपालमा थप ८ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ सय ६७ जना संक्रमित थपिएका हुन्।

Samajik New Add 2082

पछिल्लो २४ घण्टामा ८ हजार २ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ। ११२३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.४ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप दुई सय ५५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा एक सय ६४ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ६५ संक्रमित थपिएका हुन्।

-setopati

Leave A Reply

Your email address will not be published.