जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने

Kirci Gyan Kendra

काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

Samajik New Add 2082

बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ ।

सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ ।

Saud Agro Kailash

बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना वडा कार्यालयमा समेत गराउनु पर्ने सर्त राखिएको छ ।

मारेको बँदेलको मूल्य राजस्वमा दाखिला गर्नुपर्ने

पक्रने क्रममा बँदेल मरेमा वडाका एक जना प्रतिनिधिको रोहबरमा मुचुल्का गरी गाड्न वा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्वमा चढाएर सम्बन्धित वडाभित्र उपयोग गर्न सकिने सर्त राखिएको छ ।

यो व्यावसायिक प्रयोजनमा भने गर्न नपाइने सरकारको सर्त छ । यसको जानकारी समेत सम्बन्धित निकुञ्ज वा कार्यालय तथा वडा कार्यालयमा गराउनु पर्ने भएको छ ।

मारिएको बँदेलको विवरण हरेक महिना संघीय सरकारका सरोकारवाला निकायलाई गराउनु पर्ने भएको छ । निजी जमिन बाहेकको क्षेत्रमा भने बँदेललाई धमाउन, मार्न, लखेट्न पाइँदैन । -onlinekhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.