काेराेनाले शैक्षिक क्षेत्रमा गरेको क्षतिकाे पूर्ति गर्न सबै जिम्मेवार बन्नुपर्ने: सराेकारवाला

१५ मंसिर, अछाम:

कोरोनाले शैक्षिक क्षेत्रमा गरेको क्षति, पुर्ति गर्नका लागि सबै सरोकारवालाले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । ४ बर्ष अघि महामारिको रुपमा फैलिएको कोरोनाले सबैभन्दा बढि शिक्षा क्षेत्रलाई प्रभावित पारेकाले त्यो क्षति अब पुर्ति गर्नका लागि समाजका सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको बताएका हुन ।

जिल्लाको वर्तमान शैक्षिक अवस्था प्रति चिन्ता व्यक्तगर्दै उनीहरुले यस सवालमा समयमै सरोकारवाला गम्भिर नहुने हो भने अवस्था जटिल बन्दै जाने चेतावनी समेत दिएका छन । मंगलसेन नगरपालिकाले आयोजना गरेको सिकाई आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी आयोजना गरिएको कार्यक्रममा सहभागि सरोकारवालाले शिक्षकले जिम्मेवारीका साथ पढाउनुपर्ने, विद्यार्थिहरुले पढ्नुपर्ने र अभिभावकहरुले आफ्ना बालबालिकाहरु नियमित विद्यालय गएर पढे नपढेको अनुगमन गरेमा शैक्षिक क्षेत्रमा राम्रो सुधार आउनेमा विश्वाश ब्यक्त गरेका छन ।

Mangala School 2081 subhakamana

सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर हुनुको पछाडी थुप्रै कारणहरु रहेकाले यी समस्याहरुको मसिनो ढंगले अध्यन गरि समस्या समाधान गर्न तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागि शिक्षकहरुले यसको सबै दोस शिक्षकलाई मात्रै दिन नमिल्ने कुरामा जोड दिएका थिए भने अन्य सहभागि सरोकारवालाले यसको प्रमुख जिम्मेवारी शिक्षकले लिनुपर्ने र अवस्था सुधारका लागि शिक्षक नै अग्रसर हुनुपर्ने बताएका छन ।

मंगलसेन नगरपालिका सामाजिक विकास समितिका सदस्य एवं मंगलसेन नगरपालिका वडा न ११ वडा अध्यक्ष नर बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शिक्षा क्षेत्रको यो अवस्था आउनुमा शिक्षकले नै पहिलो जिम्मेवार रहेको बताउनुभयो । शिक्षकहरुले आफ्नो जिम्मेवारी कुशलतापुर्वक पालना नगर्दा यस क्षेत्रम धेरै समस्या देखिएकाले अब सबै निकाय जुटेमा शैक्षिक क्षति परिपुर्ति गर्नुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख अम्बादत्त जाेशी लगायतले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा मंगलसेन नगरपालिकामा रहेका १४ वटै विद्यालयका प्रधानाध्यापक, शैक्षिक अगुवा, जनप्रतिनिधि लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन मंगलसेन शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको प्राविधिक सहायक दिपक बहादुर  भण्डारीले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.