

प्रधानाध्यापक कडायतले कहिले स्थानीय पर्ब, मेला जात्रा त कहिले अभिभावकको लापरबाहीले विद्यालयमा विद्यार्थीहरु नआएको बताउनुभयाे। विगतका दिनहरुमा विद्यालयको अभिभावक भेला तथा विभिन्न आमसभामा शिक्षक र विद्यालय प्रशासनलाई दोष दिने अभिभावहरुले यत्रो दिन बितिसक्दा पनि आफ्नो बालबालिकालाई विद्यालय नपठाएको भन्दै उक्त र्याली पर्दर्शन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
