त्रिपुरा सुन्दरी उमावि श्रीकोटमा रुपान्तरण कक्षाको अनुगमन

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash
१६ मंसिर,मंगलसेन – UNFPA VSO र पीसविन द्वारा संचालित लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजना दोश्रो चरण अन्तरगत रुपान्तरण कक्षाको अनुगमन गरिएको छ ।
Mangala Bharna
साँफेबगर नगरपालिका वडा नम्बर ०२ जाल्पादेवी स्थित त्रिपुरा सुन्दरी उमावि श्रीकोटमा रुपान्तरण कक्षाको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा रुपान्तरण कक्षा निकै प्रभावकारी भएको पाइएको छ ।
रुपान्तरण कक्षाका छात्र र छात्राहरुले एक ब्यक्तिले अर्को ब्यक्तिलाई लिङ्गका आधारमा गरिने विभेद , हिंसाका विभिन्न प्रकार,बालबालिका बेचबिखन ,सानालाई माया र आफुभन्दा ठुलालाई आदर गर्नुपर्ने , बाल विवाह , कति वर्षको उमेरमा विवाह गर्दा उपयुुक्त हुन्छ , बालबालिकाले अर्काको लयलयमा लाग्न नहुने,आफन्तलाई गोपनियताका कुरा , प्रभावकारी संचार , आवश्यकता र चाहनाका कुरा , समानता र समता सम्बन्धि आफुले सिकेका कुराहरु छलफलमा राखेका थिए । बालबालिकाहरुले हिंसा भएपछि यक दवार संकट ब्यवस्थापन केन्द्र(OCMC)मा जानुपर्ने कुरा पनि व्यक्त गरेका हुन ।
समुदाय वा घर परिवारमा बाल अधिकारको कुरा गरेता पनि लागु हुँदैन तेसैले अब रुपान्तरण कक्षामा सहभागी भएका बालबालिकाले पनि अधिकारका लागि लाग्नुपर्ने र समुदायमा आफुहरुको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन ।
शारीरिक हिंसा लगायत सामाजिक परम्पराका आधारमा गरिने भेदभावबारे र हिंसा पछि समाधानका उपायहरु लगायत विद्यार्थीले आफुले सिकेका कुरा अनुगमन पश्चात् छलफलमा राखेका हुन । रुपान्तरण कक्षाको आज १५ औं सेसनमा विद्यार्थीलाई बैजनाथ प्रहरी चौकीका इन्चार्ज दिपक ऐरले समाजमा हुने सबैखाले हिंसा एवं विभेदका बारेमा र यसको न्युनिकरण ,समाधान लागि उपायहरु प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सबैभन्दा ठुलो शिक्षा आर्जन गर्नु हो ,यो संगसंगै विद्यार्थीहरुले बाह्य ज्ञान पनि जान्न जरुरी भएको बताउँदै आफुहरुले पनि बाल विवाह नगर्न , अरुलाई पनि गर्न नदिन , समाजमा हुने सबैखाले हिंसा र विभेद हुन नदिन महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । सकेसम्म आफुले यस्ता क्रियाकलापहरु हुन नदिने र यदि भैहालेको खण्डमा नजिकैको वडा कार्यालय, नगरपालिकाको न्यायीक समिति र प्रहरी कार्यालयमा खबर गरि समाधान गर्न तिर लाग्नुपर्ने पनि बताउनु भयो ।
कार्यक्रममा साँफेबगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरादत्त भट्ट , साँनपा ०२ का वडा अध्यक्ष सेत बहादुर कुँवर ,सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कुँवर ,सामुदायिक स्वयंसेवक सीता कुँवर , सिपिएस डब्लु सृजना खड्का लगायतको सहभागिता रहेको थियो । साभार पैरवी खबरबाट

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.