मालिका सामुदायिक सिकाई केन्द्रले पौष १४ र १५ गते बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

सिकाई केन्द्रले संचालन गर्ने राम्रा कार्यक्रमका लागि वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष नाथको प्रतिवद्धता

Purnima Mobile
Kirci Gyan Kendra

अछाम २२ मंसिरः

Samajik New Add 2082

मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन नगरपालिका १ को वैठक तथा अन्तरक्रिया कार्यक्रम विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षता र मंगलसेन नगरपालिका १ का अध्यक्ष लोकराज नाथको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट बिभिन्न निर्णयहरु पारित गरिएको हो ।

Mellekh RM1

वैठक तथा अन्तरक्रिया कार्यक्रमबाट सामुदायिक सिकाई केन्द्र मार्फत विभिन्न टोलहरुमा गठन गरिएका ७ वटा सामुदायिक सिकाई समूहहरुलाई अनुमोदन गरिएको छ भने विभन्न सिपमूलक कार्यक्रम तथा तालिम संचालनका लागि विभिन्न निकायहरुमा सहकार्यका लागि अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै सिकाई केन्द्रको वार्षिकउत्सव कार्यक्रम आगामी पुष १४ र १५ गते बृहत साँस्कृतिक कार्यक्रम सहित संचालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि सिकाई केन्द्रको नेतृत्वमा सवै सरोकारवाला सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुमा मनिराम थापाको संयोजकत्वमा ६ सदस्यीय कार्यक्रम व्यवस्थापन तथा तयारी उपसमिति, गोपाल थापाको संयोजकत्वमा ७ सदस्यीि आर्थिक व्यवस्थापन उपसमिति, गणेश बहादुर थापाको संयोजकत्वमा ८ सदस्यीय प्रचारप्रसार उपसमिति र बिरु कामीको संयोजकत्वमा ८ सदस्यीय साँस्कृतिक झाँकी उपसमिति गठन गरिएको छ ।

Saud Agro Kailash

यस्तै विभिन्न सिपमूलक तालिम तथा सचेतनामूलक कार्यक्रम संचालन र वार्षिक उत्सव कार्यक्रमका लागि विभिन्न निकायमा आर्थिक सहयोग तथा सहकार्यका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ । वैठक तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै वडा अध्यक्ष लोकराज नाथले सिकाई केन्द्रले संचालन गर्ने राम्रा कार्यक्रमका लागि वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय मालिका सामुदायिक सिकाई केन्द्रले रचनात्मक र सकारात्मक कार्यक्रमहरु संचालनका लागि सक्रियता देखाईरहेको बताउँदै उहाँले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । साथै कार्यक्रम सफल पार्नका लागि सबै सरोकारवालाहरु प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष गोपाल थापा, पूर्व गाविस अध्यक्ष हर्क राना, कार्यपालिका सदस्य हंश थापा राना, वडा सदस्यहरु शिद्ध बहादुर थापा, गंगा थापा, चन्द्रकला जैगडी, नेपाली काँग्रेसका चन्द्र जैगडी, नेकपा एमालेका बिर्ख राना, प्रगतिशिल आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्ट, जाल्पादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रेखा नेपाली, वडँ कार्यालयका कर्मचारी डण्डीप्रसाद ढुंगाना, स्वास्थ्यचौकी कुन्तिवण्डालीका तेजराज नाथ, कालिका सामुदायिक वन समूहका अध्यक्ष गोपाल जैगडी, महिला सहकारीका अध्यक्ष दुर्गा नाथ लगायत समाजसेवी सरोकारवाला, महिला स्वास्थ्य स्वंसेविका र संस्थाका आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापाले स्वागत मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रमको संचालन सचिव गणेश बहादुर थापाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.