मंगलसेन नगरपालिका ७ को नयाँ वडा कार्यालय भवन संचालनमाः संविधानसभा सदस्य कामीले गरे उदघाटन

Samajik Bal biwaha

टेकबहादुर थापा, अछाम २३ मंसिरः

मंगलसेन नगरपालिका वडा न ७ मा नव निर्मित प्रशासनिक भवन संचालनमा आएको छ । नगरपालिकाको कुल ७१ लाख ७० हजारको लागतमा ७ कोठे पक्की भवन निर्माण भएपश्चात एक समारोहको आयोजना गरि वडा कार्यालय संचालनमा ल्याईएको हो ।

वडा अध्यक्ष राज बहादुर शाहीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी प्रमुख अतिथि रहनुभएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कामीले वडाका साझा सवालमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । वडा तहमा पनि विभिन्न दलमा आस्था राख्ने व्यक्तिहरू रहेकाले राजनीतिक आस्था भन्दा माथि उठेर समृद्धि समाज निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । राजनीति राम्रो र समाज निर्माणका लागि गरिने भएकाले नागरिकले भोगी रहेका समस्याहरू समाधान हुनेगरि काम गर्न सुझाव समेत दिनुभएको छ । विकास क्रमश हुने कुरा भएकाले यसलाई थप तिब्रता दिन स्थानीय नागरिकहरूले पनि जनप्रतिनिधि संगै संगै हातेमालो गरेर अघि बढेमा वडाको विकास हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । वडाको समग्र विकासका लागि स्थानीय जनप्रतिनिधिले पनि वडाका सबै सरोकारवाला वाला संग प्रभावकारी ढंगले समन्वय र सहकार्य गरेर अघि सविधानसभा सदस्य कामीले सुझाव दिनुभएको थियोे ।

Mangalsen Mun Anurodh

उदघाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख बृख बहादुर बोगटीले मंगलसेन नगरपालिकाले पालिकाका १४ वटै वडाका प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिएकाले आगामी दिनमा गुणस्तरीय भवन संगै नागरिकलाई पनि सोही ढंगले सेवा दिने कुरामा कर्मचारी र जनप्रतिनिधि जुटीरहेको बताउनुभएको छ । अहिले पनि नागरिकहरूका स्थानीय सरकार प्रति थुप्रै गुनासाहरू रहेकाले त्यी नागरिकका गुनासाहरूलाई सम्बोधन हुनेगरी नगरपालिका काम गर्न तयार रहेको कार्यबाहक नगर प्रमुख बोगटीले बताउनुभयो ।

भवन उदघाटन कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व गाविस अध्यक्ष नम बहादुर शाहीले वडामा नमुना भवन निर्माण भएकाले अब नागरिकलाई दिईने सेवामा पनि सोही किसिमको गुणस्तर दिन सुझाव दिनुभएको छ । जनप्रतिनिधि भनेका सबैका साझा भएकाले आफ्ना काम कार्बाही पनि सोही ढंगले अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले वडामा प्रशासनिक भवन निर्माण हुनु सकारात्मक कुरा भएको भन्दै अब प्रशासनिक कामहरू पनि राम्रो हुने दाबी गर्नुभयो । अहिले पनि केही गतिविधि प्रति नागरिकहरूका समस्याहरू रहेकाले ती गुनासाको सम्बोधन हुनेगरि काम गराउने प्रतिबद्वता व्यक्त गर्नुभयो । ७ नम्वर वडामा नयाँ प्रशासनिक भवन संचालनमा आएसंगै नगरमा नयाँ भवनबाट सेवा दिने वडाको संख्या ४ पुगेको छ । यसअघि वडानम्वर ३, ४ र ६ ले नयाँ पक्कि भवनबाट सेवा प्रदान गरिरहेका छन ।

कार्यक्रममा वडा न ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, समाजसेवी पदम बहादुर थ्यायत, रेडियो गाउँघरका टेक बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सदस्य सेतीराम भण्डारी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष गंगा कामी, नेपाली काग्रेसका झपट जैशी, एमालेका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद भण्डारी, पुर्व वडा अध्यक्ष सिद्व राज ढुंगाना लगायते मन्तव्य राख्नुभएको थियोे । कार्यपालिका सदस्य मनसरा थ्यायतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन वडा सचिव दुर्गाप्रसाद जैशीले गर्नुभएको थियोे ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.