परिवर्तनशिल युवा क्लव चौरपाटीले पुष ९ गतेदेखि भलिबल प्रतियोगिता गर्दै

Samajik Bal biwaha

चौरपाटी गाउँपालिका १ मोटेनामा रहेको परिवर्तनशिल युवा क्लवले पुष ९ गते देखि साँस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थानीय कला संस्कृतिको जगेर्ना तथा खेल क्षेत्रको विकासका लागि क्लवले साँस्कृतिक कार्यक्रम सहित वडा स्तरिय भलिवल प्रतियोगिता गर्न लागेको हो ।

Mangalsen Mun Anurodh

पुष ९ देखि ११ गते सम्म संचालन हुने भलिवल प्रतियोगितामा चौरपाटी गाउँपालिकाका सबै ७ वटै वडा, संघसंस्था, क्लवहरु, फर्म तथा कर्मचारी लगायत ईच्छुकलाई टिम दर्ताका लागि अनुरोध गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, द्धितिय हुने टिमलाई ३० हजार, तृतिय हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई नगद १० हजार तथा सबै टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र उपलव्ध गराईने छ ।

प्रत्येक वडाको भलिवल टिममा ३ जनासम्म बाहिरको खेलाडि समेत राख्न सहिकने प्रतियोगिताका व्यवस्थापक केशव थापाले बताउनुभयो । क्लवले कला संस्कृतिको संरक्षणका लागि र खेल क्षेत्रको विकासमा टेवा पुगाउने हेतुले साँस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.