प्रहरी कर्मचारीलाई दशैं बिदा नलिन सर्कुलर

काठमाडाैं।

Samajik New Add 2082

प्रहरी प्रधान कार्यालयले दशैंमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन दिएको छ । प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर गरेर प्रहरी प्रधान कार्यालयले अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिन निर्देशन दिएकाे हाे।

जिल्लाका इन्चार्जहरूलाई पर्व बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने–‘काजकिरिया बिदाबाहेक अन्य बिदा अहिले दिँदैनौँ ।’

दसैँ, तिहार र छठलाई केन्द्रित गरेर प्रहरीले देशभर चाडपर्व सुरक्षा योजना लागु गरेको छ । सुरक्षा योजना कार्यान्वयन गर्न करिब ४४ हजार जनशक्ति फिल्डमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।​ दसैँको टीकाको दिन घरपायक भएका प्रहरी कर्मचारीले आलोपालो टिका लगाउन सक्नेछन् । तर, आलोपालो प्रणाली सम्बन्धित युनिटले आन्तरिक रूपमा व्यवस्थापन गर्नुपर्ने छ ।

-lokpati

Leave A Reply

Your email address will not be published.