
०३ पौष,मंगलसेन – अछाममा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलसेन नगरपालिका–७ मा जिप आज विहान दुर्घटना भएको हो । बाजुराबाट सुर्खेतका लागि छुटेको भे १ च २५७६ नम्बरको जिप मध्यपहाडी लोकमार्गमा आज दुर्घटना भएको हो ।


दुर्घटनामा परेर हुम्लाका जिप चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा घाइते भएका छन् ।
त्यस्तै पुर्णबहादुर रावल, कुशे कार्की, रामसिला फडेरा, रुपा कार्की, दिब्या रावल, धर्म फडेरा, मैना रावल, रंजिता रावल, हिराजन कार्की र नम्रता फडेरा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जिप चालक काबु लामालाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताउनुभयो ।
घाइतेमध्ये चार वर्षीय प्रिन्स फडेरालाई सुर्खेत रिफर गरिएको र अन्य घाइतेहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रबि यादवले जानकारी दीनुभयो ।
