अछाम बहुमुखी क्याम्पसको ३२ औं बार्षिक उत्सव तथा साधारणसभा सम्पन्न

मंगलसेन नगर प्रमुख बोहराको अध्यक्षतामा नया संचालक समिति चयन

Kirci Gyan Kendra

०४ पौष,मंगलसेन – अछाम बहुमुखी क्याम्पसको ३२ औं बार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।

Samajik New Add 2082

क्याम्पस संचालक समितिका अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद यज्ञ बहादुर बोगटी प्रमुख अथिती रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाले अछाम बहुमुखी क्याम्पसको विकासका लागि आफु विगतमा पनि लागेको र आगामी दिनमा पनि आफे क्षमता भ्याए सम्म कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अहिले पनि केही संरचनाहरुको निर्माण कार्य अधुरै रहेकाले त्यसको निर्माण कार्य पुरागर्नु नया कार्य समितिको प्रमुख कार्यभार हुने बताउनुभयो । यस्ता क्षेत्रको विकासका लागि जिल्लाका राजनितिक दलहरुले साझा एजेण्डाका साथ अघि बढ् आवश्यक रहेको उहाको भनाई छ । विगतमा कसले के ग¥र्यो भन्दा पनि अब क्याम्पसको विकासका लागि कसले के जिम्मेवारी लिने भन्न्विषयमा बहस गर्न आवश्यक रहेको बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा बोल्दै एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले अछाम बहुमुखी क्याम्पसको भौतिक व्यवस्थापनमा निकै राम्रो विकास भएकाले अब गुणस्तरमा जोड दिनुपर्ने बताउनु भएको छ । आज अछाम क्याम्पस जिल्लाकै नमुना क्यापसको परिचित भएकाले अब यसको थप उचाई बढाउन नया आउने समिति र क्याम्पस प्रशासनले मेहनत गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेपाली काग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले अछाम बहुमुखी क्याम्पसको विकासले सिंगो अछाम जिल्लाको गरिमा बढाएको भन्दै संचालक समितिको प्रशंसा गर्नुभएको थियो । भौतिक संरचना राम्रो निर्माण भएपनी अझै छात्रबास लगायतका केही संरचनाको आवश्यक भएकाले यी संरचनाहरुको पनि तत्काल निर्माण कार्य अघि बढाई विद्यार्थिहरुलाई बस्ने वातावरण मिलाउनुपर्ने बताउनुभयो । आज क्याम्पसले जिल्लाको नेतृत्व गर्ने ब्यक्तिहरु जन्माएकाले उच्च ओदमा पुगेका ब्यक्तिहरुले क्यापसकोे विकासका लागि गरेका कामहरुको समिक्षा हुन जरुरी रहेको बताउनुभयो ।

बार्षिक उत्सव कार्यक्रमको समापन गर्दै संचालक समितिका अध्यक्ष पदम बहादुर बोहराले जिल्लाका सबै सरोकारवाला निकायको सहयोगले अछाम क्याम्पस यो स्थान सम्म पुगेको बताउनुभयो । आफुहरुको निरन्तर प्रयास र सहयोगी निकायहरुको सकारात्मक भुमिकाले आगामी दिनमा क्याम्पसलाई नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले क्याम्पसको आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्याम्पस संचालक समितिका अउपाध्यक्ष यज्ञराज ढुंगानाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख धु्रब कुमार शाहीले गर्नुभएको थियो ।

यस्तै भेलाको बन्द सत्रबाट पुन पदम बहादुर बोहराको अध्यक्षतामा नया संचालक समिति गठन गरिएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा यज्ञ राज ढुंगाना, सदस्यमा सरिता उपाध्याय, रत्न प्रसाद ढुंगाना, भिम जनाला, भिम रावल, दल बहादुर बोगटी, राजेश बोगटी, नाम सिं धामी, पदम बहादुर धामी, पुस्पराज भण्डारी, पुर्णा शाह, , गणेश प्रसाद ढुंगाना, नयन बहादुर बिक लगायतका पदाधिकारी रहेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.