
०५ पौष ( टेक बहादुर थापा ) मंगलसेन – अछाममा विद्यालय स्वास्थ्य, पोषण तथा दिवा खाजा कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन ।

जिल्लाका विभिन्न ठाउमा यो कार्यक्रम संचालन भएपछि अहिले यसको प्रभावकारीता बढ्दै गएको सरोकारवालाको भनाई थियो । आईडिएस नेपालले मंगलसेन नगरपालिका वडा नंम्बर ३ मा रहेको शिवनिवास आधारभुत विद्यालयमा आयोजना गरेको संयुक्त अनुगमनपछिको अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यो कार्यक्रम बाट विद्यार्थिहरुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार हुनुका साथै स्थानीय किसानले उत्पानदन गरेका उपजले समेत बजार पाएको बताएका छन ।

यो कार्यक्रम लागु भईसकेपछि विद्यालयमा विद्यार्थिहरुको उपस्थिति दर बढ्ुका साथै उनीहरुको पोषणमा पनि राम्रो सुधार ल्याएकाले यो कार्यक्रमलाई थप प्रभावकारी ढंगलसे संचालन गर्नु अहिलेको आवश्यक्ता रहेको कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले जोड दिएका थिए । कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले यो कार्यक्रम निकै प्रभावकारी भएको र यसलाई निरन्तरता दिन थुप्रै चुनौतीहरु रहेको बताउनु भएको छ ।

अहिले सहयोग गरिरहेका दातृ निकायहरुले हात झिकेपछि सबै जिम्मेवारी स्थानीय सरकारको काधमा आउने भएकाले यसलाई निरन्तरता दिन सबै तहबाट सकारात्मक सहयोग हुन आवश्यक रहेको बताउनुभयो । पछिल्लो पुस्ताका नागरिकहरुको कृषि प्रति बितृष्णा बढ्दै गएकाले केही चुनौती थपिएपनी यसलाई निरन्तरता दिन नगरपालिका तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले स्वास्थ्य र पोषण निकै महत्वपुर्ण कुरा भएकाले यो कुरालाई सबैभन्दा बढि जोड दिनुपर्ने बताउनु भएको छ । अहिले पनि केही कुराहरुमा सुधार गर्नुपर्ने देखिएकाले जुकाको औषधी र आईरन चक्की खाने विद्यार्थिहरुको संख्यामा बृद्धि नभएको देखिएकाले संघ संस्थाहरुले पनि सम्बन्धित वडाका स्वास्थ्य संस्था संग समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ । विद्यालयका प्रधानाध्यापक नर बहादुर रावलले यो कार्यक्रम आफे विद्यालयमा लागु भएपछि विद्यालयको धेरै कुरामा सुधार भएको बताउनु भएको छ ।
कार्यक्रम थप प्रभावकारी बनाउन विद्यालयको तर्फबाट पनि विभिन्न किसिमका रचनात्मक कार्यहरु अघि बढाईएको सोही अवसरमा जानकारी गराउनु भएको थियो । आफे विद्यालयले अहिले पनि सेनेटरी प्याड नपाएकाले तत्काल प्पाड उपलब्ध गराईदिन माग गर्नुभएको छ । अन्र्तक्रिया कार्यक्रममा बोल्दै डब्लुएफपीका विराट भण्डारीले यो कार्यक्रम विद्यालय र समुदायका लागि निकै हितकर रहेकाले यसको थप प्रभावकारीता बढाउदै लैजाने जिम्मेवारी स्थानीय सरकार र समुदायको भएको बताउनुभयो ।
यसले समुदायका किसानलाई पनि फाईदा पुग्ने र विद्यार्थिहरुको पोषणमा समेत टेवा पु¥याउने भएको हुदा सबै क्षेत्रबाट सहयोग भएमा यो कार्यक्रमले निरन्तरता पाउने विश्वाश ब्यक्तगर्नुभएको छ । कार्यक्रममा आईडिएस नेपालका जिल्ला संयोजक टेक बहादुर खडले कार्यक्रम संचालन भएपछि भएका सकारात्मक परिवर्तन र चुनौतिको बारेमा सरोकारवालालाई जानकारी गराउनु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम भाटको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, जिल्ला समन्वय समिति अछामका सदस्य पुर्ण बहादुर रावल, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अम्बादत्त जोशी, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी लगायतको सहभागिता रहेको थियो ।
