
०५ पुस (चक्र प्रसाद जैसी ) मंगलसेन – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी अछामले संगठन विस्तार अभियान अन्र्तगत ईकाई कमिटि गठन गरेको छ ।


कमलबजार नगरपालिका वडा नम्बर १ मुलिमा रहेको शिशु बोधनी माध्यमिक विधालयमा एक कार्यक्रमको आयोजना गरि ईकाई कमिटी गठन गरिएको हो ।

विद्यालयमा दमन विष्टको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटी गठन गरिएको हो । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सिले शिक्षामा लगानी गर्न छोडेर मन्दिरमा लगानी गर्नुले राज्यको शिक्षाप्रती दृष्टिकोण गलत रहेको बताउनु भएको छ ।
संगठन विस्तार अभियानमा पार्टीका जिल्ला सदस्य विकास सि, नेकपा कमलबजार नगर इन्चार्ज निर्मल सि, युवा संगठन नेपालका केन्द्रिय सदस्य कुमार सि लगायतको उपस्थिति रहेको थियो ।
