लागु औषध महाअभियान अन्तरगत मंगलसेनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

८ पौष ( चक्र प्रशाद जैसी ) मंगलसेन – लागु औषध महाअभियान २०८० अन्तरगत अछाम प्रहरीले मंगलसेनमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

Mangala Bharna

जिल्ला प्रहरी कार्यालय अछामको आयोजना र ग्लोबल आईएमई बैंकको प्रायोजनमा लागू औषध रहित परिवार, स्वास्थ्य जिवनको आधार भन्ने नाराका साथ लागु औषध नियन्त्रणमा सरोकारवालाको निकायहरुको भुमिका विषयक प्रभातफेरी तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । वक्तृत्वकलामा भाग लिएका सहभागी बिधार्थिले लागू औषधले मानिसलाई शारीरिक र मानसिक रुपमा मात्रै असर गर्ने नभई समाजमा झैझगडा, हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, लुटपात जस्ता विकृतीजन्य र आपराधिक घटनाहरु निम्त्याएको बताएका छन् ।

Mellekh RM1

यसको न्युनिकरणका लागि अभिभावकले आफ्ना बालबालिकाप्रति ध्यान दिनुपर्ने तथा सरोकारवालाहरु पनि जिम्मेवार हुन जरुरी रहेको उनीहरुको भनाई छ । उनीहरुले यसबारे प्रभावकारी रुपमा जनचेतना विस्तार गर्न समुदाय, टोल र बिधालयहरुमा सडक नाटक, नाराजुलुस, प्रभातफेरी, वतृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।

Saud Agro Kailash

कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी सरद कुमार पोख्रेलले अछामका १० वटै स्थानिय तहमा कार्यक्रम गरिरहेको भन्दै अछाम जिल्लाका विभिन्न सिमा नाकाबाट लागू औषध ओसारपसार भईरहेको गुनासो आएकाले बिषेश निगरानी बढाउनुपर्ने बताउनुभयो । पछिल्लो समय किशोरकिशोरीहरु लागुऔषधको दलदलमा फस्ने गरेको भन्दै बिधार्थिहरुलाई अध्ययन र ब्यावसायिक शिक्षामा जोड दिन उहाँको सुझाव थियो । यसको नियन्त्रण स्थानीय सरकार, प्रहरी, जनप्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्था, राज्य र सबै सचेत नागरिक एक भए मात्रै सम्भव हुने उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै यसको सन्देश गाउँ–गाँउसम्मै पु¥याउन सकेमा लागुऔषध नियन्त्रणमा ठुलो टेवा पुग्ने बताउनुभयो । यसको नियन्त्रणका लागि आफुहरुले अभियान नै संचालन गरि अछाम जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको बताउदै उहाँले सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले लागू औषध अहिले शौखको रुपमा सेवन भईरहेको बताउदै यसलाई सामाजिक संजालले पनि प्रेरित गरेको बताउनुभयो । गाजा, भाङ, चरेस, ईन्जेक्सनबाट लागुऔषध सेवन हुन थालेको भन्दै आफ्ना बालबालिकाहरुको दैनिकि र भविश्यप्रति अभिभावक नै बढी सचेत र जिम्मेवार भए दुव्र्यशनीबाट उनीहरुलाई जोगाउन सकिने उहाँको भनाई छ ।

प्रतियोगितामा ६ जना बिधार्थिले भाग लिएकोमा षोडसा माविका गृष्मा भाट प्रथम, गंगा माविका पुष्पराज भण्डारी द्धीत्तिय र सोडषा माविकै प्रबिण बिष्ट तृतिय भएका छन् । अन्य ३ जना सान्त्वना भएका छन् । उनिहरुलाई प्रमाणपत्र र पुरस्कार बितरण गरिएको छ । कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रबन्धक बिष्णु सोडारी र षोडसा माविका प्रधानाध्यापक मदन बहादुर कुबँरले लागुऔषध सेवन तथा ओसारपसार देशकै समस्याको रुपमा रहेको बताउनु भएको छ ।

अहिले भईरहेको यसको प्रयोग र ओसारपसारले मानिसहरु पिडित रहेको भन्दै सचेत नागरिकले ध्यान दिन जरुरी रहेको उहाँहरुको भनाई छ । प्रभातफेरी तथा वक्तृत्वकला प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी पोख्रेल, अछाम प्रहरी प्रमुख पाठक, जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउद,शिक्षा विकास तथा समुन्वय इकाई  अछामका प्रमुख अम्बादत्त जाेसी,मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, स्वास्थ्य कार्यक्रम अछामका प्रमुख ढुंगाना, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बिधार्थि, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.