
८ पुस,मंगलसेन – कम उमेरमै हुने विवाहलाई निवारण गर्नका लागि स्थानीय तहको प्रतिबद्धता विषय कार्यक्रम मंगलसेनमा आज सम्पन्न भएको छ ।

मंगलसेन नगरपालिकामा सम्पन्न कार्यक्रममा बालविवाहलाई अन्त्य गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, बालक्लब र सरोकारवालाहरुको बीचमा प्रतिबद्धता गरिएको छ । बालविवाह लगायतका हानिकारक अभ्यासहरुको अन्त्यका लागि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुले हस्ताक्षर सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालविवाहको पक्षमा नरहेको र यसको न्यूनिकरणका लागि आफूहरुको भूमिका रहने भन्दै सहभागीहरुले लिखित प्रतिबद्धता जनाएका हुन् ।

बालविवाह निवारणका लागि स्थानीय तहको प्रतिबद्धता विषयमा पालिकास्तरीय कार्यक्रममा बोल्दै नगरप्रमुख पदमबहादुर बोहराले बालविवाहका प्रावधान बारेमा जनचेतना जागृत गराउने, बालविवाह रोक्ने र कानुनी प्रक्रियामा जानका लागि सबै सचेत व्यक्तिको सक्रियता आवश्यक भएको बताउनुभएको छ ।
बालविवाह पारिवारिक कारण र आधुनिक प्रविधिका कारण भइरहेको भन्दै यसको अन्त्यका लागि समाजका हरेक सचेत वर्गले भूमिका खेल्न सके मात्रै यसको अन्त्य हुनेमा जोड दिनुभयो ।
बालविवाहले व्यक्तिलाई मात्रै नभएर घरपरिवार, सन्तानलाई समेत असर हुने भएकोले यसमा सबै सचेत हुनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा, उपप्रमुख संगीता रावल, वडा अधयक्षहरु, कार्यपालिका सदस्यहरु, निमित्ति प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, पत्रकार, बालक्लबलगायतका प्रतिनिधिहरुको सभागिता रहेको थियो ।
उक्त कार्यक्रम नगरका खेलकुद शाखा प्रमुख जगतबहादुर रावलले बालविवाहका कानुन, प्रावधानका बारेमा प्रस्तुत गर्नुभएको थियो । नगरका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन निड्स नेपालका सामाजिक परिचालक सीता भट्टराईले गर्नुभएको थियो ।
सुदूरपश्चिममा बालविवाह निवारण परियोजना अन्र्तगत निड्स नेपालले साँफेबगर र मंगलसेन नगरपालिकामा बालविवाह विरुद्धमा कार्यक्रम सञ्चालनमा गरी रहेको छ ।
