तुर्माखादका जनप्रतिनिधि , राजनीतिक दल, शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने


अछामको तुर्माखाँद गाउँपालिकाले आयोजना गरेको शैक्षिक संवाद तथा स्थानीय पाठ्यक्रम कार्यशाला कार्यक्रम विभिन्न बुद्धाहरु पारित गर्दै सम्पन्न भएको छ । शिक्षा विदहरुको सहभागितामा दुई दिन पालिकामा संचालन भएको कार्यशाला बाट गाउँपालिकाले कार्यन्वयन गर्नुपर्ने १९ वटा बुदा, शिक्षक महासंघले कार्यन्वयन गर्नुपर्ने १५ वटा बुदा र विद्यालय ब्यवस्थापन समितिले कार्यन्वयन गर्नुपर्ने ७ वटा बुदा पारित गर्दै सम्पन्न भएको हो ।

पालिकाको वर्तमान शैक्षिक अवस्थाका बारेमा मसिनो ढंगबाट छलफल र बहस भएको कार्यक्रममा सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि सरोकारवाला निकाय बाट गर्नुपर्ने पहल र समुदाय स्तर बाट हुनुपर्ने सहयोग, चुनौती र अवसरका बारेमा छलफल गर्दै पालिकाकोे शैक्षिक क्षेत्रलाई राम्रो बनाउने विषयमा सबै सरोकारवाला सहमत भएका छन । विभिन्न बुद्धाहरु मध्य कार्यशालामा दुई वटा बुदाका बारेमा सबैभन्दा बढि बृहत रुपमा छलफल भएको छ ।

सामुदायिक विद्यालयहरुमा राजनितिक गतिविधिहरु पुर्ण रुपमा बन्द गर्ने कुरामा पालिका भरिका सबै सरोकारवाला एकमत भएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो । छलफल कार्यक्रममा पालिकामा क्रियाशिल राजनितिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अगुवा ब्यक्तिहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बुदाले सबैभन्दा बढि चर्चा पाएको थियो ।
कार्यक्रममा सहभागि राजजिनतिक दल, शिक्षक संघ संगठनका अगुवाहरु, जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धी गर्नका लागि भएपनि सामुदायिक विद्यालयमै पढाउनुपर्ने कुरामा जोड दिएका थिए भने केही जनप्रतिनिधि, शिक्षक तथा अन्य अगुवाहरुले यो विषयका बारेमा पुन छलफल गरि निष्कर्षमा पुग्नुपर्ने कुरामा जोड दिएका थिए ।
आफुहरु यस विषयमा प्रतिबद्ध रहेको तर एक दुई दिनको छलफलले मात्रै पर्याप्त नहुने भएकाले यो कुरालाई समुदाय स्तरमा पनि लैजानुपर्ने कुरामा जोड दिएका थिए । पालिकाले गरेको निर्णयामा आफुहरु सहमत हुने प्रतिक्रिया समेत दिएका छन । कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाहरुले समाजका अगुवाहरुले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा ल्याएको खण्डमा अहिलेको शैक्षिक क्षेत्रमा व्यापक सुधार आउने बताएका छन ।
विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुले पनि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन आफुहरु तयार रहेको तर त्यसका लागि चाहिने आवश्यक कुराहरु स्थानीय सरकार बाट हुनुपर्नेमा जोड दिएका थिए । नेकपा एकिकृत समाजवादीका नेता कुल बहादुर शाहीले पनि आफ्नो पार्टी यो कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । नेता शाही भन्नुभयो जब सम्म समाजका अगुवा, नेता, शिक्षक र जनप्रतिनिधिहरुका छोराछोरीहरु सामुदायिक विद्यालयमा पढ्दैनन तबसम्म सामुदायिक विद्यालयको अवस्था सुधार नआउने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तिलक सि ले आफ्ना छोराछोरीहरु विगत देखि नै सामुदायिक विद्यालयमा पढाई रहेकाले आफु र आफ्नो पार्टीको यो पहिलो माग भएको भन्दै पालिकाले स्वागत योग्य काम गर्न खाजेको भन्दै पालिकाको प्रशंसा गर्नुभएको थियो । नेपालको शिक्षा प्राणली नै गलत भएको भन्दै उहाले वैज्ञानिक शिक्षा अहिलेको आवश्यक्ता भएको बताउनुभयो ।
कार्यशाला कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मन बहादुर बयकले कुरा मात्रै ठुला गर्ने तर ब्यवहारमा लागु नगर्ने समस्याले सामुदायिक विद्यालयको यो अवस्था आएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । आफुले आफ्ना छोराछोरीहरु सबै सामुदायिक विद्यालयमै पढाएको भन्दै नेता बयकले शिक्षक र कर्मचारीहरुले त्यो आट गर्न सक्नुर्पे कुरालाई दोहो¥याउनु भएको थियो । यस बारेमा यस भन्दा अघिपनि पटक पटक बहस भयो तर कार्यन्वयन नभएको भन्दै अब भने कार्यन्वयन गर्नका लागि स्थानीय सरकार पनि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता कबिराम बयकले सामुदायिक विद्यालयहरुको अवस्थामा गुणस्तर ल्याउने हो र अन्य विकास गर्ने हो भने जुनसुकै हालतमा पनि सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेमा जोडदिनुभएको छ । कुरा शैक्षिक सुधारका गर्ने अनि आफ्ना छोराछोरी निजि विद्यालयमा पढाउने प्रवृतिले शैक्षिक क्षेत्रमा सुधार आउन नसकेको बताउनुभयो । आफु आफ्ना छोराछोरीहरुलाई तुर्माखादमै पढाउन तयार रहेको बताउदै बयकले त्यो आट सबैले गर्नुपर्ने बताउनुभयो । आफु यस विषयामा पालिकाले गरेको निर्णय मान्न तयार रहेको समेत बयकले बताउनुभयो । कार्यशालामा बोल्दै एमाले पालिका कमीटी अध्यक्ष गौमती शाहीले पालिकाले गरेको यस्तो स्वागत योग्य कुरामा आफ्नो पार्टीको तर्फबाट पनि पुर्ण साथ र सहयोग रहने बताउनुभयो ।
सामुदायिक विद्यालयहरुको अवस्था विग्रदै गएको यो अवस्थामा पालिकाले राम्रो निर्णय गरेको र यसलाई कार्यन्वयन गरेर लैजान सुझाव दिनुभएको छ । तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाहीले आफुले आफ्ना छोराछोरीहरु निजि विद्यालयमा पढाई रहेको भन्दै सबैले आट गरे आफ्ना छोराछोरीहरुलाई नया शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा भर्नागर्ने प्रतिबद्धता जनाउनु भएको छ । कुनै एक पक्षले मात्रै पहल गरेर सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार नआउने भएकाले अब सबैले दृढता पुर्वक सामुदायिक विद्यालय सुधार गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभयो । दुई दिने कार्य शालामा सहभागि वडा अधयक्षहरुले पनि यो विषयलाई कार्यपालिकाको बैठकमा लिएर पुन छलफल गरि कार्यन्वयनको चरणमा लैजानुपर्नेमा जोड दिएका थिए ।
कार्यशाला कार्यक्रममा सहभागि सबै सरोकारवालाका कुराको जवाफ दिदै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले हिजो कुरा मात्रै भए अब कुरा भन्दा पनि परिणम देखाउने बेला आएको बताउनुभयो । सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउन स्थानीय सरकारको पहल कदमीले मात्रै नहुने भएकाले यस संग सरोकार राख्ने सबै ब्यक्तिहरु मन, बचन र कर्मले प्रतिबद्ध हुनुपर्ने बेला आईसकेको बताउनुभयो । यस्तै अवस्था रहने हो भने सामुदायिक विद्यालयहरु खाली हुने अवस्था आईसकेकाले अब पनि नजुट्ने हो भने सामुदायिक विद्यालयहरुको भविष्य थप विग्रदै जाने अध्यक्ष बिसीको भनाई छ । यी दुईवटा विषयलाई गाउँसभामा लैजाने र यसलाई जुनसुकै हालतमा पनि कार्यन्वयन गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
गाउँपालिका अध्यक्ष बिसीले नयाँ शैक्षिक सत्र बाट सुर्खेतमा पढ्दै आएका आफ्ना छोराछोरी तुर्माखाँदमा ल्याएर पढाउने प्रतिबद्धता समेत सोही अवसरमा जनाउनु भएको थियो । आफ्नो ब्यक्तिगत स्वार्थ केही नभई समग्र पालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउने प्रमुख उदेश्य रहेकाले राम्रा कामहरुका सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । दुई दिने कार्यशालामा स्थानीय पाठ्यक्रम निर्माण्का लागि पनि प्रक्रिया अघि बढाईएको छ । स्थानीय पाठ्यक्रममा के के विषय वस्तुहरु राख्ने भन्ने विषयमा खाका तयार पारिएको गाउँपालिकाले जनाएको छ ।
पाठ्यक्रममा जिल्ला तथा पालिका भित्रका धार्मिक,सास्कृति, स्थानीय कला संस्कृति, मेला, पर्यटकीय क्षेत्र जस्ता विषय वस्तुहरु समेटिएको शिक्षा शाखाले जानकारी दिएको छ । यस विषयमा पालिकामा विज्ञहरु संग थप छलफल गरिने भएको छ ।
दुई दिन सम्म चलेको कार्य शालामा शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शैक्षिक क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, स्थानीय सरकार र अन्य यस संग सरोकार राख्ने निकायले गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराउनु साथै विभिन्न क्षेत्रका स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरेका राम्रा अभ्यासहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले गर्नुभएको थियो ।
