अछाममा ६ जुवाडे पक्राउ

Purnima Mobile
Samajik Bal biwaha

११ पाैष ( चक्र प्रसाद जैसी ) मंगलसेन – अछाममा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Mangala Bharna

प्रहरी गस्तिकाे समयमा तास खेलिरहेकाे अवस्थामा फेला पारी उनिहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएकाे छ ।

Mellekh RM1
Saud Agro Kailash

उनीहरू जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला अस्पताल नजिकै रहेकाे दर्शन एण्ड वसन्त लजमा लुकिछिपीतास खेलिरहेको अवस्थामा हाेटेल संचालक सहित ६ जना पक्राउ परेका हुन्।

प्रहरीले जुवाको खालबाट नगद १२ हजार ३२५ रुपैयाँ पनि बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदका अनुसार मंगलसेन नगरपालिका ५ स्थित दर्शन एण्ड वसन्त लजमा जुवा खेलिरहेको अवस्थामा बुघबार दिउँसो ३ बजे ६ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रामाराेशन गाउँपालिका वडा नम्बर १ का बम बहादुर साउद,डडेलधुराकाे नवदुर्गा गाउपालिका वडा नम्बर २ का तिर्थ राज भट्ट, मंगलसेन नगरपालिका ५ का लक्ष्मन भाट,मंगलसेन नगरपालिका ६ का भवानि प्रसाद भण्डारी,मंगलसेन नगरपालिका ७ का खेमराज ढुंगाना र कमलबजार नगरपालिका ६ का प्रकाश शाहि छन्।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको छ । उनिहरु विरूद्व मुद्दा दर्ता भई अनुसन्धान भईरहेकाे सुचना अधिकार साउदले जानकारी दिनुभयाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.