नेकपा माओवादी केन्द्र अछाम द्धारा विशेष रुपान्तरण अभियानको अन्तिम समिक्षा

Purnima Mobile
Kirci Gyan Kendra

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अछामको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको अन्तिम समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला ईञ्चार्ज ओमप्रकाश पुनको अध्यक्षता तथा पार्टी स्थायी समिति सदस्य तथा सुदुर पश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको प्रमुख आतिथ्यतामा वैठक सम्पन्न भएको छ ।

Samajik New Add 2082

वैठकमा पार्टीका केन्द्रीय सदस्य हरि ज्ञवाली, दिपेन्द्र रावल, कुन्ति जाेशी, सिद्ध राज भाट र प्रदेश सह सचिव प्रकाश नेपाली सहित जिल्लाका जनवर्गीय संगठनका प्रमुखहरू, पालिकाका पार्टी अध्यक्ष र इन्चार्जहरु, अभियान टाेलीका सदस्यहरु लगाएत ३० जनाले बिचार राखेका थिए । बैठकले चार महिने रुपान्तरण अभियानको समिक्षा सहित १६ गते सबै पालिकामा समापन कार्यक्रम गर्ने, सबै लिखित रिपोर्टहरु केन्द्रमा पठाउने, अभियानको सम्पुर्ण आय व्यय सार्वजनिक गर्ने र जिल्लामा देखापरेका आन्तरिक सांगठनिक समस्यालाई जिल्ला संग संवन्धित केन्द्रीय सदस्यहरू सहित बसेर समाधान गर्ने निर्णय गरेको छ ।

Mellekh RM1
Saud Agro Kailash

अभियानको प्रारम्भ जसरी उत्साहजनक रुपबाट शुरुवात भएको थियो समापन सम्म पुग्दा साेचे जस्तो उत्साह र उमंग नआएको पनि बैठकले समिक्षा गरेको छ । बैठकले पश्चिम रुकुममा भुकम्प प्रभावित क्षेत्रमा खटिएर आएका बिद्यार्थी नेताहरु गम्भीर साउद, कमल थापा र रामबहादुर साउदलाई सम्मान गरेको छ भने प्रवासमा मृत्यु भएका कमरेड तुलाराम भुलकाे संझनामा शाेक प्रस्ताब पारित गर्दै चाैरपाटी वडा नम्बर १ सिउडि निवासी बिरेन्द्र बहादुर शाहकाे काठमाडौं बालकुमारी घटनामा भएको मृत्यु प्रकरण प्रति गहिरो दुख व्यक्त गरेको छ ।

साथै बैठकले राष्ट्रिय सभा सदस्यकाे लागि खुला तर्फ, महिला तर्फ र घाइते अपांग तर्फकाे ३/३ जनाको नाम पनि सर्वसम्मत सिफारिस गरेको पार्टी जिल्ला कार्यालय सचिव कमल थापाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.