
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अछामको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको अन्तिम समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला ईञ्चार्ज ओमप्रकाश पुनको अध्यक्षता तथा पार्टी स्थायी समिति सदस्य तथा सुदुर पश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको प्रमुख आतिथ्यतामा वैठक सम्पन्न भएको छ ।

वैठकमा पार्टीका केन्द्रीय सदस्य हरि ज्ञवाली, दिपेन्द्र रावल, कुन्ति जाेशी, सिद्ध राज भाट र प्रदेश सह सचिव प्रकाश नेपाली सहित जिल्लाका जनवर्गीय संगठनका प्रमुखहरू, पालिकाका पार्टी अध्यक्ष र इन्चार्जहरु, अभियान टाेलीका सदस्यहरु लगाएत ३० जनाले बिचार राखेका थिए । बैठकले चार महिने रुपान्तरण अभियानको समिक्षा सहित १६ गते सबै पालिकामा समापन कार्यक्रम गर्ने, सबै लिखित रिपोर्टहरु केन्द्रमा पठाउने, अभियानको सम्पुर्ण आय व्यय सार्वजनिक गर्ने र जिल्लामा देखापरेका आन्तरिक सांगठनिक समस्यालाई जिल्ला संग संवन्धित केन्द्रीय सदस्यहरू सहित बसेर समाधान गर्ने निर्णय गरेको छ ।


अभियानको प्रारम्भ जसरी उत्साहजनक रुपबाट शुरुवात भएको थियो समापन सम्म पुग्दा साेचे जस्तो उत्साह र उमंग नआएको पनि बैठकले समिक्षा गरेको छ । बैठकले पश्चिम रुकुममा भुकम्प प्रभावित क्षेत्रमा खटिएर आएका बिद्यार्थी नेताहरु गम्भीर साउद, कमल थापा र रामबहादुर साउदलाई सम्मान गरेको छ भने प्रवासमा मृत्यु भएका कमरेड तुलाराम भुलकाे संझनामा शाेक प्रस्ताब पारित गर्दै चाैरपाटी वडा नम्बर १ सिउडि निवासी बिरेन्द्र बहादुर शाहकाे काठमाडौं बालकुमारी घटनामा भएको मृत्यु प्रकरण प्रति गहिरो दुख व्यक्त गरेको छ ।
साथै बैठकले राष्ट्रिय सभा सदस्यकाे लागि खुला तर्फ, महिला तर्फ र घाइते अपांग तर्फकाे ३/३ जनाको नाम पनि सर्वसम्मत सिफारिस गरेको पार्टी जिल्ला कार्यालय सचिव कमल थापाले जानकारी दिनुभयो ।
