मालिका सामुदायिक सिकाई केन्द्र कुन्तिवण्डाली द्धारा सुवाखाँदमा बृहत साँस्कृतिक कार्यक्रम

पहिलो दिन उदघाटन सहित विविध साँस्कृतिक प्रस्तुती प्रस्तुत

Purnima Mobile
Kirci Gyan Kendra

मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन १ ले आयोजना गरेको बृहत सास्कृतिक तथा बार्षिक उत्सव कार्यक्रमको उद्घाटन सत्र आईतबार सम्पन्न भएको छ । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082

कार्यक्रममा पहिलो दिन सामुदायिक सिकाई समूहहरु र विद्यालय तथा महिला समूहहरुबाट विभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखिएको थियो  भने कलाकार जनक साउद, झंकर रावल र साधना कला केन्द्रका कलाकारहरुले विभिन्न साँगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । यस्तै स्थानीय पञ्चेबाजा हुड्केउली नाच र ढोलट्याम्कोको प्रस्तुती समेत राखिएको थियो । स्थानीय कला संस्कृतिको संरक्षण र विकासका लागि भन्ने मुल नारा सहित आयोजित कार्यक्रममा स्थानीय उत्पादनको प्रदर्शनी समेत रहेको थियो । मंगलसेन नगरपालिका मूख्य प्रवर्द्धक रहेको बृहत साँस्कृतिक कार्यक्रमलाई विभिन्न व्यापारीक क्षेत्रबाट प्रायोजन सहयोग तथा सहकार्य समेत रहेको छ ।

Mellekh RM1

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले रचनात्मक कार्यका लागि सिकाई केन्द्रलाई धन्यवाद दिनुभएको छ । सिकाई केन्द्रले धेरै क्षेत्रमा काम गर्न सक्ने भन्दै नगर प्रमुख बोहराले कला संस्कृति संगै स्थानीय उत्पादन तथा प्रवर्दनका क्षेत्रमा समेत काम गर्न सुझाव दिनुभएको छ । आज धेरै ठाउका सिकाई केन्द्रहरु नाम मात्रको केन्द्र भएकाले कुनैपनी गतिविधि नगर्ने सिकाई केन्द्रलाई आगामी दिनमा दिईने अनुदान समेत कटौती गरिने नगर प्रमुख बोहराको भनाई छ ।

Saud Agro Kailash

कला संस्कृति भनेको हाम्रो पहिचान भएकाले आफ्नो स्थानीय कला संस्कृति संरक्षण तथा सम्वर्दनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्ता रचनात्मक कार्यहरु गर्ने संस्थाहरुलाई नगरपालिकाको तर्फ बाट सधै साथ र सहयोग रहने नगर प्रमुख बोहराले प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिको आशन बाट बोल्दै एमाले पुर्व प्रदेश कमीटी उपाध्यक्ष कमल तिमिलसैनाले पुस १५ को अवसरमा मालिका सिकाई केन्द्रले स्थानीय कला सस्कृति संरक्षणका लागि निकै महत्वपुर्ण काम गरेको बताउनुभयो । यस्ता चाड पर्वहरु हाम्रा आफन्त साथीभाई, ईष्ट मित्र संग भेटघाट गर्ने अवसर पनि भएको हुदा यस्ता आफ्ना कला संस्कृति संरक्षण गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा न १ का अध्यक्ष लोकराज नाथ, वडा न ४ का अध्यक्ष नाम सिं धामी, जेष्ठ नागरिक तथा संस्कृति प्रेमी कर्ण बहादुर केसी, नेपाली काग्रेसका राजेश बोगटी, एमालेका भिम बहादुर राना, नेकपा माओवादी केन्द्रका कमल थापा, नेकपा एकिकृत समाजवादीका ईन्द्र बहादुर जैगडी, नेपाल कम्युनिष्ट पार्टीका दिपेन्द्र जैगडी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन सचिव गणेश बहादुर थापाले गर्नुभएको थियो । आईतबारको उदघाटन कार्यक्रममा वडाका विभिन्न टोलका स्थानीय कला संस्कृति झल्कीने सांस्कृतिक झाकीहरु समेत प्रस्तुत गरिएको थिए । पुस १६ गते आज वडाको सुवाखादमा बृहत देउडा खेल समेत खेल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

केही तस्बिरहरुः

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.