आर्थिक अभावसँगै ब्लड क्यान्सरले थलिएका ३० वर्षीय नवराज, भन्छन्- उपचार नपाएरै मर्छुहोला

Kirci Gyan Kendra

१६ पाैष,अछाम । यतिबेला अछाको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चिवन आएका थिए।

Samajik New Add 2082

उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना भए। उपचारकै क्रममा आफूसँग भएको सबै रकम सकियो। पढलेख समेत नगरेका नवराज गाउँमा सामान्य खेतिपाती गर्दै आएका थिए। कहिलेकाहीँ उनी रोजगारीका लागि भारत पनि जान्थे।

तर, ब्लड क्यान्सर भएपछि उनको परिवारको आर्थिक उपार्जनको सबै बाटो बन्द भएको छ। श्रीमती गीता चिन्तामा छिन्। श्रीमान‍्को क्यान्सरको उपचारसँगै पाँच वर्ष नकटेका दुई सन्तानलाई स्कुलसमेत कसरी पठाउने भन्ने चिन्ताले गीतालाई पिरोल्न थालेको छ।

Saud Agro Kailash

‘श्रीमान‍्को उपचारमा सबै पैसा सकियो। तर, पु्रा उपचार हुन सकेको छैन। माग्ने ठाउँमा पनि मागि सक्यौं। अब त माग्ने ठाउँ पनि बचेन। भगवानलाई पुकार्नुबाहेक अब हामीसँग कुनै बिकल्प छैन। त्यसैले सकेको सहयोग गरेर मेरो सिन्दूरको रक्षा गरिदिन म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्दछु,’ उनी गह भर्दै भन्छिन्।

उपचारका लागि पैसा सकिएपछि नवराज घर फर्किएका छन्। उनी यतिबेला गाउँमा सरसापट मागिरहेका छन्। तर, सक्ने जति सबैले सहयोग गरिसकेकाले अब उनको माग्ने ठाउँ पनि छैन।

‘म त आर्थिक अभावमा उपचार नपाएरै मर्छु कि लाग्न थालेको छ। श्रीमती र साना लालाबालाको अनुहारमात्र मनमा घुमिरहेको हुन्छ। मलाई केही भइहाल्यो भने उनीहरू कसरी बाच्लान्? कसरी जीवन चलाउलान् भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ,’ उनले भने।

उनी आफ्नो जीवन बचाइदिन आग्रह गर्छन्। त्यसका लागि अछामको ढकारीस्थित सिटिजन बैंकको आफ्नो नवराज बुढा (Navaraj budha) नामक 0790100000121010 मा रकम जग्मा गरिदिन आग्रह गर्दछन्। उनले त्यसरी प्राप्त सहयोगले आफ्नो जीवन बाच्ने र सहयोगीहरूप्रति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्ने बताएका छन्। उनलाई 9845967186 मा सम्पर्क गरेरसमेत सहयोग गर्न सकिने छ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.