शैक्षिक क्षेत्रको बिकासका लागि प्रतिबद्ध छु : सामाजिक बिकास मन्त्री साउद

शंकर थापा, अछाम : सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट साउदले मष्टामाण्डौ नमुना आधारभुत विद्यालय मेल्लेख गाउँपालिका १ ऋषिदह अछामको २ कोठे पक्की भवनको सिलान्यास गर्नुभएको छ । मन्त्री साउदले आज एक कार्यक्रमका बिच नयाँ बन्ने २ कोठाको पक्कि भवनको सिलान्यास गर्नुभएको हो ।

Mangala School 2081 subhakamana

विभिन्न सरकारी तथा राजनीतिक र सार्बजनिक कार्यक्रममा सहभागी हुनको लागि अछाम आउनुभएका मन्त्री साउदले अछामको मेल्लेख गाउँपालिकाका बिभीन्न वडाहरुमा बन्न्ने शैक्षिक पक्कि भवनहरुको सिलान्यास तथा घरदैलो कार्यक्रम गरिरहनुभएको छ । मष्टामाण्डौ नमुना आधारभुत विद्यालय ऋषिदहको २ कोठे पक्की भवनको सिलान्यास पश्चात् बोल्दै सामाजिक बिकासमन्त्री साउदले शैक्षिक क्षेत्रको बिकासका लाग्वाफु सधै प्रतिबद्ध भएर लागि रहेको बताउनुभएको छ । उहाँले बिधालयको भवन निर्माणमा लापरबाही नगरी गुणस्तरीय तथा दिगो टिकाउ हुने गरि काम गर्न निर्माण उपभोक्ता समिती लाई निर्देशन दिनुका साथै पालिका जनप्रतिनिधि र जनताहरुलाई खबरदारी गर्न आग्रह गर्नुभएको छ ।

सम्रग बिधालयको शैक्षिक, भौतिक र आर्थिक बिकासका लागि प्रदेश र संघ सरकार बाटाफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हरेक क्षेत्रबाट स्कुललाई बनाउन सबैको योगदान रहेकाले आगामी दिनमा अझै व्यवस्थित बनाउदै लैजान सुझाव दिनुभएको छ । समग्र शिक्षा, स्वास्थ्य, बिकास निर्माणका क्षेत्रमा नियमित आफुले आवाज उठाउदै आएकाले विद्यालयका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

अछाम जिल्लाका हरेक विद्यालयको अवसर र समस्याको बारेमा पहिले देखि नै जानकार भएकाले सम्बन्धीत निकायमा समाधानका लागि पहल गर्ने सामाजिक बिकासमन्त्री साउदले प्रतिबद्धता समेत जनाउनुभएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.