चौरपाटीमा दसैँ बिदामा पनि विद्यालय खुल्ने, दसैँ लगत्तै विद्यालय फर्कन शिक्षकलाई आग्रह

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले दसैँ बिदा घटाएर पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ ।

Samajik New Add 2082

मंगलबार आज गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले घटस्थापना देखि कार्तिक १ गतेसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दसैँ बिदा नदिइने र घटस्थापना देखि कार्तिक १ गतेसम्म मात्र बिदा दिइने छ ।

कार्तिक २ गते देखि विद्यालय नियमित सञ्चालन गरिने भएकोले दसैँ लगत्तै विद्यालय फर्केर पठन पाठनलाई निरन्तरता दिन सम्पूर्ण शिक्षकहरुलाई गाउँपालिकाले आग्रह समेत गरेको छ । यस अघिका बर्षमा घटस्थापना देखि दिपावलीको पछिल्लो दिन सम्म विदा दिइने गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.