बारलाका विद्यार्थिहरु ५ महिनादेखी दिवा खाजा खान बाट बञ्चित

Purnima Mobile
Samajik Bal biwaha

टेक बहादुर थापा, अछाम:
अछामको पंचदेवल विनायक नगरपालिका वडा ८ बारलका विद्यार्थिहरु गत ५ महिना देखी दिवा खाजा खान बाट बञ्चित भएका छन । आधारभुत तहका विद्यार्थिहरुलाई नेपाल सरकारले दिएको दिवाखाजा त्यहाका विद्यार्थिहरुले ५ महिना सम्म पनि नपाएका हुन ।

Mangala Bharna

पछिल्लो समयमा स्थानीय स्तरमा रहेका सहकारी संग सम्बन्धित विद्यालय र स्थानीय सरकारले समन्वय गर्दै विद्यालयमा रहेका बालबालिकाहरुलाई दिवा खाजा खुवाउने निर्णय अनुसार खुवाउनुपर्ने भएपनी बारलाका ८ वटा विद्यालयका विद्यार्थिहरु भने यो अवसर बाट बञ्चित भएका हुन ।

Mellekh RM1

पालिकाले वडाका विद्यालय, सहकारी विच सम्झौता गराउनुपर्ने भएपनी हाल सम्म स्थानीय सहकारी संग सम्झौता नगरिदिदा उक्त वडाका विद्यार्थिहरु दिवाखाजा खान बाट बञ्चित भएका स्थानीयले बताएका छन । पालिकाका अन्य वडा हरुमा यो कार्यक्रम नियमित रुपमा अगाडी बढेको भएपनी वडा न ८ मा भने अहिले सम्म कार्यन्वयन नहुदा विद्यार्थिहरु मर्कामा परेका अभिभावक नरेन्द्र बहादुर शाहीले बताउनुभयो । यो सरकारको कमजोरी हो पालिकाले समयमै सम्झौता नगरिदिदा हाम्रा बालबालिकाहरु यो अवसरबाट बञ्चित हुनु राम्रो कुरा नभएको शाहीको गुनासो छ ।

वडा न ८ मा रहेको सुप्रिम कृषि सहकारी संस्थालाई दिवा खाजा खुवाउनका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउने भनी छनौट गरिएको तर हाल सम्म उक्त सहकारी संग लिखित सम्झौताका लागि स्थानीय सरकारले कुनैपनी पहल नगरेपछि विद्यार्थिहरु आफ्नो खाजाखान पाउने अधिकार बाट बञ्चित भएका सहाकारी अध्यक्ष प्रेम कुमार खत्रीले बताउनुभयो । मंगल खबर र रेडियो गाउँघर संग कुराकानी गर्दै अध्यक्ष खत्रीले भन्नुभयो हामी संग दिवाखाजा खुवाउनका लागि आवश्यक खाद्यान्न तयारी अवस्थामा राखेका छौ स्थानीय सरकारले हाम्रो सहकारी संग सम्झौता नगरिदिदा खाजा खुवाउन नसकेको बताउनुभयो ।

Saud Agro Kailash

सरकारले लिखित रुपमा सम्झौता गरिदिएछि सोही दिन देखी आफुहरु विद्यालयलाई दिवाखाजाको आवश्यक खाद्यान्न उपलब्ध गराउन तयार रहेको उहाको अध्यक्ष खत्रीको भनाई छ । यता वडा अध्यक्ष छत्र बहादुर शाहीले वडा सरकारले वडामा रहेको सुप्रिम सहकारीलाई वडाका ८ वटै विद्यालयमा दिवाखाजाका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउन दिने निर्णय गरेपनि पालिकाले समयमै सम्झौता नगरिदिदा समस्या भएको बताउनुभयो ।

वडामा रहेका सबै विद्यालय र अन्य सरोकारवालाको बैठकले स्थानीय सहकारीलाई नै जिम्मेवारी दिने निर्णय गरेपनि ढिलाई भएकाले जति सक्दो चाडो सम्झौताका लागि पालिकालाई अनुरोध गर्नुभएको छ । अन्य ठाउमा कार्यक्रम लागुभई विद्यार्थिहरुले धमाधम दिवाखाजा खाएपनी वाडा न ८ का विद्यार्थिहरुले अहिले सम्म दिवा खाजा खान नपाउनु दुखद कुरा भएको अध्यक्ष शाहीको भनाई छ ।

पंचदेवल विनायक नगरपालिका उप प्रमुख हर्क बहादुर रावल भने यस विषयमा केही प्राविधिक कारणले ढिलो भएकाले चाडै छलफल गरि विद्यार्थिलाई दिवाखाजा खुवाईने प्रतिबद्धता जनाउनु भएको छ । पालिकामै यो कार्यक्रम अन्य पालिकाको भन्दा ढिलोगरि सुरु भएको र सहकारीका पदाधिकारी संगको छलफल भएको दिन सुप्रिम सहकारी बाट कुनैपनी ब्यक्ति नआएपछि सम्झौताको कार्य अघि नबढेको दाबी गर्नुभएको छ । आफु त्यो बेला उपचारको लागि बाहिर गएकाले उक्त सहकारीका बारेमा धेरै कुरा बुझ्न नपाएको बताउनुभयो । यसबारे मंगलबार नै छलफल गर्ने उप प्रमुख रावलको प्रतिबद्धता छ ।

विद्यार्थिहरुको स्वास्थ्य एवम् पोषणको विद्यमान स्थितिमा सुधार ल्याउने, पोषणयुक्त खाद्यान्नको अभाव पहिचान भएका विशेष क्षेत्रहरुका बालबालिकाहरुलाई लक्षित गरी शिक्षामा सुधार ल्याउने, विद्यालय उमेर समूहका बालबालिकाहरूको भर्ना दरमा वृद्धि गरी शिक्षाको पहुँचमा बृद्धि गर्ने यो कार्यक्रमको उदेश्य भएपनी उक्त वडामा यो कार्यक्रम अहिले सम्म लागु नहुदा स्थानीय सरकार र अन्य सरोकारवालाको कमजोरी देखिएको छ ।

(सांकेतिक तस्बिर प्रयोग गरिएको)

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.