मंगलसेन नगरसभाको १२ औं अधिवेशन सम्पन्नः सुशासन संचालन तथा व्यवस्थापन विधेयक पारित

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको सभाले एउटा विधेयक पारित गर्नुका साथै बिनियोजन ऐन संसोधन प्रस्ताव पारित गरेको हो ।

Samajik New Add 2082

विनियोजन ऐन २०८० लाई संसोधन प्रस्ताव नगरपालिका उप प्रमुख तथा सभाका उपाध्यक्ष संगीता कुमारी रावलले पेश गर्नुभएको थियो भने सुशासन संचालन तथा व्यवस्थापन विधेयक बिधेयक समितिका संयोजक खगेन्द्र बहादुर रावलले पेश गर्नुभएको थियो । प्रस्तुत बिधेयकहरुमाथि दफावार छलफल गरि सर्वसम्मतीले पारित गरिएको छ । सोही अवसरमा नगरपालिकाले प्राथामिकरण गरेका विभिन्न वडाका १४ वटा योजनाहरुको बारेमा समेत छलफल मार्फत संसोधनको काम भएको सुचना अधिकारी बिष्णु प्रसाद जैशीले बताउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

सार्वजनिक प्रशासनलाई जनमुखी, दक्ष, प्रभावकारी जवाफदेही, पारदर्शि, समावेशी तथा जनहसहभागिता मुलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन कानुनको शासन, भ्रष्टाचार मुक्त र चुस्त प्रशासन आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभुत मान्यतालाई आत्मसाथ गरि सर्वसाधारणले पाउनुपर्ने, सेवा छिटो छरितो तथा कम खर्चिलो ढंगबाट पाउने अवस्था सृजना गर्न विधेयक समितिले मस्यौदा तयार गरि कार्यपालिकाको सिफासिरमा विधेयक समितिका प्रस्तुत गरिएको थियो । विधेयक पारित भएपछि आगामी दिनमा नगरपालिका मार्फत हुने सबै किसीमका गतिविधिमा सुशासन कायम हुने विश्वाश गरिएको छ ।

अधिवेशनमा नेपाली काग्रेसको तर्फबाट मंगलसेन नगरपालिका वडा न १२ का अध्यक्ष खकेन्द्र बहादुर रावल र एमालेको तर्फबाट मंगलसेन नगरपालिका वडा नम्वर ३ का अध्यक्ष बृख बहादुर बोगटीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा नगरसभा सदस्यह दुर्गा प्रसाद भण्डारी र नैन बहादुर बिकले विधेयकका बारेमा आफ्नो सुझाव सहितको धारण राख्नुभएको थियो । सदस्यले राख्नुभएको जिज्ञासाको जवाफ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले दिनुभएको थियो ।

नगरसभामा नगरसभाका समेपूर्ण सदस्य तथा मंगलसेन नगरपपालिका वडा नम्वर १ देखि १४ सम्मका सम्पूर्ण जनप्रतिनिधिहरु तथा नगरपालिकाका कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.