जिल्ला खाद्य कार्यालय अछाममा पाईदैन मोटो चामलः ८ महिना देखी चामल नआउँदा जनता मर्कामा

Purnima Mobile
Samajik Bal biwaha

टेक बहादुर थापाः

Mangala Bharna

जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय अछाममा गत जेठ महिना देखी मोटो चामल नआएको पाईएको छ । विकट क्षेत्रका नागरिकहरुको सहजताका लागि भन्दै लिमिटेडले खाद्यान्नहरु पठाउने गरेको भएपनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय अछाममा गत ८ महिना देखी मोटा चामल र गहु नआएको पाईएको हो ।

Mellekh RM1

खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायत उपभोग्य वस्तुको सेवा तथा सुविधा दिनु यस कम्पनीको लक्ष्य भएपनी अछाम जिल्लामा भने मोटो चामल र गहु नहुदा यहाका नागरिकहरु बजार बाट चर्को मुल्य तिरेर खाद्यान्न किन्न बाध्य भएका छन । समयमै पानी नपर्नु, भएको खेतीपाती पनी जंगली जनावरले खान नदिनु लगायतका कारणले अछाम जिल्लाका अधिकांश खेतीयोग्य जमीनहरु बाझै रहेकाले पनि अछाम जिल्लामा बर्षेनी खाद्यान्नको संकट बढ्दै गएको छ । २०८० साल लागेपछि खाद्य कार्यालय अछाममा मोटो चामल आउनै छोडेको कार्यालय स्रोतले जनाएको छ । मंगल खबर र रेडियो गाउँघर संग कुराकानी गर्दै कार्यालयका कर्मचारीले भन्नुभयो “८ महिना भयो कार्यालयमा मोटो चामल आएको छैन विभिन्न ठाउबाट स्थानीय नागरिकहरु मोटो चामल लिन आउने गरेका छन तर कार्यालयमा मोटो चामल छैन भनेपछि निन्याउरो अनुहार लगाउदै रित्तो हात फर्किने गरेको छन ।” त्यी कर्मचारीले भने हाम्रो माथि पहुच छैन पहुच भएकाहरुले पहल नगर्दा कार्यालयमा चामल नआएको प्रतिक्रिया दिएका छन । कार्यालयमा आएका कार्यालय प्रमुखहरुले पनि पहल नगर्दा अछाम जिल्लाको कार्यालयमा चामल नआएको पाईएको छ ।

Saud Agro Kailash

दशै तिहार तथा अन्य चाड पर्वको समयमा मोटो चामल नआउदा अछाम जिल्लाका नागरिकहरु ठुलो मर्कामा परेका छन । जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा आउने २५ केजीको मोटो चामलको १३ सय ५० रुपैया मात्रै पर्ने तर त्यही चामल बजारमा किन्दा १८ सय ५० रुपैया पर्ने गरेको भन्दै नागरिकहरुले आफुहरुलाई निकै भार परेको गुनासो गर्न थालेका छन । मंगलसेन नगरपालिका वडा न ३ की जसु साउद चाड पर्वको समयमा मोटो चामल आउछ भन्ने आश पालेर बस्नु भएको थियो तर दशै तिहार सकीएर माघिपर्व आउनै लाग्दा पनि मोटो चामल नआएको गुनासो गर्नुभएको छ ।

हाल कार्यालयमा ४ सय कुईन्टल मसिनो चामल भएपनी मोटो चामल नहुदा कतिपय नागरिकहरु मसिनो चामल लिन बाध्य भएका मंगलसेन ३ का खेम बोगटीको भनाई छ । यो कसको लापरबाही हो हामी जान्न चाहान्छौ यसरी नागरिकलाई दुख्ख दिने काम राम्रो नभएको भन्दै बोगटीले जतिसक्दो चाडो कार्यालयमा मोटो चामल आउनुपर्ने बताउनुभयो । बोगटीले जिल्ला बाट प्रतिनिधित्व गर्ने सांसदहरु कानमा तेल हालेर बसेको आरोप लगाउनु भएको छ । जिल्लामा जनताहरु चामल नपाएर तड्पी रहेका छन नेताहरुलाई चासो छैन भन्दै बोगटीले गरिब जनताको पक्षमा बोलीदिने कोहीपनी नभएको भन्दै आक्रोस ब्यक्त गर्नुभएको छ ।

जिल्लाको खाद्य कार्यालयमा चामल नभएको कुरा आफुले यस भन्दा अघिपनि पटक पटक यहाका जनप्रतिनिधि, प्रमुखजिल्ला अधिकारी देखी नेताहरुलाई समेत जानकारी गराएको तर हाल सम्म कसैलेपनि सुनी नदिएको गुनासो गर्नुभएको छ । चाड पर्वको समयमा अघिपछिको भन्दा खाद्यान्न बढी खर्च हुने र यो बेला खाद्यान्न खोजदा नपाईने र बजार बाट महंगो पैसा तिरेर किन्नेपर्ने अवस्था सृजना भएको बताएका छन । अछाम जिल्लामा कस्तो आर्थिक अवस्था भएका नागरिकहरु बसोबास गर्छन त्यसलाई मध्यनजर गर्दै खाद्यान्न पठाउनु पर्छ अछाम जिल्लामा मोटो चामलको आवश्यक्ता भएपनी माथि बाट मसिनो चामल पठाउदा अहिले त्यो चामल त्यसै गोेदममा थन्कीएको उहाको भनाई रहेको छ । बर्षेनी अछाम जिल्लामा चामल पठाउने गरेको भएपनी २०८० साल सुरु भएपछी अछाम जिल्लामा मोटो चामल आउनै छोडेको अछाम जिल्लाका सेवाग्रहीको गुनासो रहेको छ ।

धेरै नागरिकहरुले भनेका छन हुन् खानेहरु त मसिनो चाम पनि किनेर खान सक्छन तर हामी जस्तो आर्थिक अवस्था कमजोर भएका नागरिकहरु भने मोटो चामल नपाउदा समस्यामा परेको जसु साउदको भनाई गुनासो रहेको छ । साउदले भन्नुभयो बजारमा यही चामल किन्दा ५ देखी ६ सयको अन्तर हुन्छ ५ सयको हामी महिनाभरीलाई खान पुग्ने दाल किन्छौ त्यसैले आफुहरु जस्तो नागरिकको लागि सरकारले जसरी भएपनी मोटो चामल पठाउनुपर्ने माग गर्नुभएको छ ।

यता कार्यालय प्रमुख सरोज कुमार यादव भने माथि बाटै मोटो चामल नपठाउला समस्या भईरहेको बतानु हुन्छ । आफु अछाम जिल्ला कार्यालयमा कार्यालय प्रमुख भएर आएको दिन देखी चामल पठाउन माथिल्लो निकायलाई बारम्बार अनुरोध गरेको भएपनी सुनुवाई नगरेको गुनासो गर्नुभएको छ । आफुले पटक पटक माथिल्लो निकायमा सम्पर्क गर्दा पनि सुनुवाई नभएको कार्यालय प्रमुख यादवको भनाई रहेको छ । यसमा मेरो कुनै दोष छैन मैले निरन्तर पत्र पठाएको छु तर पनि सुनुवाई नहुदा आफु नै अचम्ममा परेको कार्यालय प्रमुख यादवले गुनासो गर्नुभएको छ । कार्यालयमा दैनिक १५ देखी २० जना ब्यक्तिहरु मोटो चामल लिन आउने गरेको भएपनी उनीहरुलाई रित्तो हात फर्कानु परेको बताउनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.